सरसफाईको जिम्मेवारी नगरबासीलाई

मुख्य खबर राजनीति समाज

घोराही, ४ जेठ ।
घोराही उपमहानगरपालिकाले पाक्षिकरुपमा गर्दै आएको सरसफाई अभियान चलाउने जिम्मेवारी नगरबासीलाई दिएको छ । वातावरण विपत व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अब उपमहानगरपालिकाले अनुगमन तथा नियमन गर्ने र सम्बन्धित टोल तथा बस्तीका नागरिकहरुले पाक्षिकरुपमा सरसफाई गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकले सरसफाई अभियानलाई थप तिब्रता दिदै पूर्ण सरसफाईमा केन्द्रित गर्ने र स्थानीय सरकारले अनुगमन र नियमनको काम गर्ने निर्णय गरेको हो । नागरिकहरुलाई सरसफाईमा जागरुक र जिम्मेवार बनाउन केही समय आफूहरु नै खटिएको भन्दै संयोजक डाँगीले अब नगरबासीहरु नै सरसफाईमा खट्ने जानकारी दिए ।
आगामी आर्थिक वर्षमा पूर्ण सरसफाई अभियानलाई थप प्रभावकारी बनाउन बजेट र कार्यक्रमलाई प्राथमिकता दिने उनको भनाइ छ । साथै विपत व्यवस्थापन समितिले केही दिन पहिलेको हावाहुरीले घर उडाएका परिवारहरुलाई राहत दिनका लागि नगर कार्यपालिकामा सिफारिस गरिएको संयोजक डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *