सरकार राष्ट्रिय हितको पक्षमा छः मुख्यमन्त्री पोख्रेल

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, १० मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेकपा नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघि बढेको बताएका छन् ।
प्रेस संगठन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँडा टेकाउन बाध्य पारेको दावी गर्दै यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तरवरले समाधान गर्ने बताए । ‘सरकार सीमा विवाद समाधान गर्न गम्भीर भएको भन्दै उनले भारतलाई कुटनैतिक नोट लेखेर दवाब दिएको बताए ।
नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोख्रेलले कालापानी र लिपुलेक नेपालको भएको भन्दै त्यसलाई तथ्यमा सावित गर्न सरकार दृढ भएको बताए । सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको बताए ।
कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतको भन्दा उच्च रहेको बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै विकास प्रदेश ५ मा भएको मुख्यमन्त्री पोख्रेलको भनाइ छ । मुख्यमन्त्री पोख्रेलले दाङको विकासका लागि आफू प्रतिवद्ध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *