- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसरकार पतनको दिशामा : गिरी

सरकार पतनको दिशामा : गिरी

- Advertisement -spot_img

कञ्चनपुर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि दिपक गिरीले बर्तमान सरकार पदनको दीशामा लागेको बताएका छन । सरकाले हत्यारा बलस्कारीहरुलाई कारवाही गर्नुको साटो संरक्षण गर्दे जानुले सरकार पतनमा पुग्न थालेको बताए । जनतामा सरकारको पतनको सन्देश जानछाले पछि सरकार अत्तालिएको समेत उनले बताए ।              
‘आफ्नै अयोग्यता र ब्यवहारका कारण सरकार पतनको दिशामा गईरहेको छ, गिरीले भने, यति मात्रै हैन निर्मला पन्तको बलत्कार पछि हत्या गर्ने बलात्कारीहरुलाई कार्वाही गर्न नसक्नु जनता माथिको अपराध हो । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्वमन्त्रि समेत रहेका गिरीले देशमा महंगी, हत्या हिंसा लगाएतका बेथितीले मुलुक झन पछि झन कमजोर बन्दै जादा पनि अहिलेको नेकपाको दुइतिहाइ सरकारले जनतालाई ढाट्ने काम मात्र गरिरहेको उनले वताए ।

देशमा शुसासन कायम गर्नुको साटो भ्रष्टचार गर्ने काममा सरकारले आफै मद्धत पुराईरहेको उनको आरोप छ । हाल नेकपाको सरकारले कर्मचारी समायोजनको नाममा कर्मचारीहरुमाथि अन्न्याय गरिरहेको उनले वताए ।
गिरीले नयाँ संरचना अनुसार काँग्रेश अब एकतावद्ध भई मुलुको शान्ति सुरक्षा र विकासको काममा शसक्त रुपमा अघि बढ्ने बताए । काग्रेसमा गुटउपगुटको अन्त्य भइसकेको भन्दै अव पार्टी एक भएर संगठन सुदृढीकरणमा लागेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here