सरकारी विद्यालयमा पाँच दिन बिदा

मुख्य खबर

तुलसीपुर, १५ जेठ । तुलसीपुर उपमहानगरपालिकाले पाँच दिन गर्मी बिदा दिने जनाएको छ । गर्मी बढेपछि उपमहानगरको शिक्षा समितिले बिदा दिने निर्णय गरेको हो । तुलसीपुरका सामुदायिक बिद्यालयहरु आज बुधबारदेखि जेठ २० गतेसम्म बन्द हुने शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।
यस्तै घोराही उपमहानगरपालिकाले गर्मीका कारण पढाइमा असर परेको भन्दै पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । घोराही उपमहानगरको नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिति पनि न्यून हुँदै गएपछि जेठ १६ गतेदेखि २१ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले गर्मी बढ्दै जाँदा पढाइ प्रभावित भएका सूचनाहरु आएपछि बर्षे बिदा कटाउने गरी पाँच दिन सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय भएको हो । यस अघि निजी विद्यालयहरुले मंगलबारदेखि आगामी शुक्रबारसम्म गर्मी बिदा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *