Friday, April 12, 2024
Homeफिचरसरकारको राजा शासन प्रणालीः संगौला

सरकारको राजा शासन प्रणालीः संगौला

- Advertisement -spot_img

नारायणपुर, १४ चैत । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री वलीले राजाको अर्को शासन चलाईरहेको बताएकी छन् । राज्यका सबै शक्ति आफू केन्द्रित बनाएकाले प्रधानमन्त्री वलीले राजाको शासन चलाईरहेको बताएकी हुन् ।
‘सेना परिचालन गर्ने अधिकार आफूले लिएका छन्, विधिको शासन नभएर केपीको शासन चलिरहेको छ’ साविक नेपाली काँग्रेस त्रिपुर नगर समितिले आयोजना गरेको नेपाली काँग्रेस बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य संग्रौलाले भनिन् ‘के यो राजा शासन जस्तो भएन् ?’ राज्यका सबै शक्ति केन्द्रित गर्नु नै राजा शासन भएको उनले बताईन् ।
‘कम्युनिष्ट सरकार भए पनि कम्युनिष्टको नाममा खोक्रो भईसकेको बताईन् । कानुनी राज्य, विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका सबै प्रधानमन्त्री वलीको कब्जामा छन्’ भेलामा उनले भनिन् ‘के लोकतन्त्रमा यो मान्य हुँदैन् ।’
मुलुकमा भ्रष्टचार मौलाउँदै गएको छ, दिनहुँ छोरीचेलीहरु बलात्कृत भईरहेका छन्, यसप्रति सरकार कुनै गम्भीर नभएको बताईन् । सरकारले कसरी सबै शक्तिहरु आफ्नो हातमा ल्याउन सकिन्छ ?
भन्नेमा मात्रै ध्यान केन्द्रित भएको उनले बताइन् । कम्युनिष्ट सरकार जनताको लोकतन्त्रलाई हनन् गरेको बताइन् । ‘सरकार कम्युनिष्टको हो सबैलाई थाहा छ’ उनले भनिन् ‘तर सरकार कतातिर गईरहेको छ ? भन्ने कुरा बुझ्न जरुरी छ ।’
केपी वलीको पोष्टर पोल–पोलमा टाँस्दैमा मुलुकमा समृद्धि नआउने बताईन् । कम्युनिष्ट विचार भरोसामा खिया लागिसकेको उनले बताइन् । केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्र र राष्ट्रियता टुक्र्याउँने अधिकार प्रधानमन्त्री केपी वलीलाई नभएको बताइन् ।
प्रधानमन्त्री वलीले सिके रावतसँग ‘ह्याण्ड चेक’ गर्नु नै राष्ट्र र राष्ट्रियता टुक्र्याउनु सरह भएको बताईन् । ‘स्वतन्त्र मधेस र राष्ट्रियताप्रति नकारात्मक विचार राख्ने सिके राउतलाई ह्याण्ड चेक गर्नु ठिक होईन्’ केन्द्रीय सदस्य संग्रौलाले भनिन् ‘वली सरकारको खोक्रो राष्ट्रवादले राष्ट्र चल्दैन् ।’
राष्ट्रियता माटो मात्रै नभएर जनताको भावना पनि भएकाले त्यो अनुसारको काम नभएको उनले बताइन् । बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारालाई प्रधानमन्त्री वली र गृहमन्त्रीले लुकाएको खुलासा गरिन् ।
‘जनताले नै यतिका विरोध गरिसकेपछि पनि हत्याराहरु सार्वजनिक भएनन्’ भेलामा उनले भनिन् ‘यदि प्रधानमन्त्री वलीले चाहेको भए न्यायको लागि सडकदेखि सदन तताउनु पर्थेन् ?’ नेपाली काँग्रेसले सदनमा सशक्त रुपमा प्रतिपक्षको भूमिका खेलेको बताइन् ।
सरकाररले गरेका बेतिथिलाई रोक्नको लागि नेपाली काँग्रेस सडकमा उत्रिदा महिला संघ कहाँ छ ? नेपाल विद्यार्थी संघ, तरुण दल, भातृ संगठन कहाँ छ ? भनेर खोज्नु पर्ने अवस्था नआउने वातावरण सिर्जना गर्न यहाँ कार्यकर्ताहरुलाई अनुरोध गरिन् ।
संगठन कमजोर भएको महशुस भएमा शुद्धिकरण र मूल्याङ्कनको आधारमा प्रोत्साहन गर्नुपर्ने बताइन् । पार्टीमा अहिले ‘एज’ ले होईन ‘एजेण्डा’ले चलाउनु पर्ने वहस भईरहेको उनले बताइन् ।
प्रदेश सभा सदस्य राजु खनालले दाङ काँग्रेसको किल्ला भएकाले यसलाई जोगाउनको लागि सबै एक भएर लाग्नुपर्ने बताए । ‘निर्वाचनमा पराजय व्यहोरिसकेका छाँै, यसबाट हामीलाई धेरै कुरा सिकाएको छ’
भेलामा उनले भने ‘अब हामी हाम्रो सिद्धान्तहरु लिएर गाउँ–गाउँमा जानुपर्छ ।’ नेपाली काँग्रेसले गरेका थुप्रै कामहरु जनतालाई वुझाउन नसकेको समेत उनले वताए ।
नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष जानकी सिंहले पार्टीमा ३३ प्रतिशत महिला सहभागिता बढाउनको लागि महिला नेतृहरु कस्सिनु पर्ने बताईन् । गाउँ–गाउँदेखि नै महिलाहरु सशक्तरुपमा परिचालन गर्न अनुरोध गरिन् ।
साविक नेपाली काँग्रेस त्रिपुर नगर समितिका सभापति दिपक पाण्डेयको अध्यक्षतामा नेपाली काँग्रेस बृहत कार्यकर्ता भेला भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारती, क्षेत्रीय सभापति भूपबहादुर डाँगी, नेपाली काँग्रेसका नेताहरु हरि रजौरे, टेकबहादुर डाँगी, रेखबहादुर वली, तरुण दलका अध्यक्ष टिका घर्ती, नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, नेपाल शिक्षक युनियन दाङका पूर्व जिल्ला अध्यक्ष चिन्ताबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

भ्रष्टाचार संस्थागत

यसैबीच नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले भ्रष्टाचारलाई स्थागत गर्ने काम वर्तमान सरकारले गरेको बताएकी छन् । संग्रौलाले वाइडबडी जहाज खरिद, ३३ किलो सुन काण्डका दोषीलाई कारवाही नगर्नु, बुढी गण्डकीको ठेक्का बिना टेण्डर दिनु तथा प्रधानमन्त्रीले एकलौटी रुपमा अधिकार कुण्ठीत गर्न खोज्नुले भ्रष्टाचार सरकारले सस्थागत गरेको बताईन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले राज्यको केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार भईरहदा पनि वर्तमान सरकारले नियन्त्रण नगरेर भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको आरोप लगाईन् ।
शान्ति, समृद्धि र सुशासनका कुरा गर्ने सरकार व्यवहारमा आफै भ्रष्टाचारमा संलग्न भएको उनको भनाइ थियो । सरकारको यस्तो कार्यशैली खबरदारी गर्न नेपाली काँग्रेस देशव्यापी रुपमा जागरण अभियानमा लागेको पनि उनले बताईन् ।
वर्तमान सरकार संविधान र संघीयता कार्यान्वयनमा ध्यान नदिएको आरोप लगाउदै ‘नयाँ संविधान र संघीयता कार्यान्वयनका लागि अधिकार स्थानीय तहसम्म पु¥याउन आवश्यक रहेको जिकिर गरिन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी संग्रौलाले सरकारका गलत क्रियाकलापहरुको संसदमा काँग्रेसले विरोध गर्ने गरेको बताउँदै प्रतिपक्षका रुपमा आफूहरुले सरकारलाई सही बाटोमा ल्याउनका लागि विरोध गरे पनि सरकार सही बाटोमा हिड्न नसकेको उनको भनाई थियो  ।
पत्रकार सम्मेलन प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका जिल्ला सचिव आरके शीतलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here