- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरसम्वादको राजपुरमा अन्तरक्रिया

सम्वादको राजपुरमा अन्तरक्रिया

- Advertisement -spot_img

दाङ, २९ जेठ । सम्वाद समुह सचिवालय तुलसीपुरले राजपुर गाउँपालिका वडा नम्वर ५ को विकटबस्ती महतेनी खोलाका १० टोलका बासिन्दा र स्थानीयतहका जनप्रतिनिधिसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको सभापतित्व एवम् राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयवासीले सम्वाद समुहले स्थानीय तहको सरकार गरेको ब्यापक पहलपछि यसपालिदेखि गाँउमा गाडी पुग्दा खुसी लागेको बताएका थिए ।
अत्यन्त बिकट ती टोलमा बाटो, वत्ती, स्वास्थ्य सेवा, शिक्षण संस्था लगायतका आधारभूत सुविधाबाट समेत बञ्चित हुर्दै आएकोमा यसपटकदेखि गाँउपालिकाले बिनियोजन गरेको रकमले केही विकासको पूर्वाधार निर्माण भएकोमा खुसी ब्यक्त गरेका थिए ।
गाउँपालिका अध्यक्ष लोकराज केसीले भौगोलिक विकटताले तत्काल विकास निर्माणको परिणाम देखिन नसकिएपनि अब यस क्षेत्रमा विकासका लागि विशेष ध्यान पु¥याईने प्रतिबद्धता जनाए ।
राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडामा बाटो निर्माण कार्यलाई निरन्तर अघि बढाएर शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, सञ्चारका विकास निर्माणको कार्यलाई क्रमश सञ्चालन गरेको जानकारी दिए ।
उपाध्यक्ष धनपतीदेवी यादवले जनताको आधारभूत आवश्यकता पुरा गर्नलाई पहिलो कार्य बाटो रहेको महसुस गरेर आफुले बाटोलाई पहिलो प्राथमिकतमा राखिएको जानकारी दिए ।
कार्यक्रममा सम्वाद समुह समिति तुलसीपुरका वरिष्ठ सदस्य बिष्णु देवकोटा, राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, सम्वाद समुह सचिवालय तुलसीपुरका वरिष्ठ सदस्य लक्ष्मण पोख्रेल,
सम्वाद समुहका सदस्य दिपक पाण्डेय, महतेनिया गाउँका महिला नेत्री हिरा बुढा, समाजसेवी एवम् बुद्धिजीवि लक्ष्मीराज बुढा, विद्यालयका प्रधानध्याप जोगराज यादवलगायतले धारणा राखेका थिए ।
सम्वाद समुहका सहजकर्ता सुष्मा गिरीले स्वागत मन्तब्य, सदस्य कर्कट चौधरीले धन्यवाद ज्ञापन सहजीकरण सम्वाद समूहका सदस्य महेश रिजालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here