सम्मान अधिकारको लागि सकारात्मक सोंच

मुख्य खबर समाज

घोराही, २५ फागुन । १०९औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाईएको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको सम्मान एवं पुरस्कृत गरेर मनाएका हुन् । विभिन्न क्षेत्रका काम गर्ने ११ जना श्रमिक महिलाहरुलाई नगद दुई हजारसहित खादा र प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको हो ।
मुस्लिम महिला आइसा खातुन, मधेशी महिला गंगादेवी गुप्ता, दलित महिला शिवा परियार, चौधरी महिला मनकुमारी चौधरीलाई सम्मान गरिएको थियो । त्यसैगरी विधुवा महिला छमकुमारी भण्डारी, एकल महिला डिला चौधरी, ब्राह्मण महिला नारायणी पौडेल, क्षेत्री नमा विष्ट, जनजाति गीता बुढा, मुक्त कमलरी माया चौधरी र अपांग महिला रमा चौधरीलाई सम्मान गरिएको थियो ।
एकै मञ्च सामाजिक क्षत्रमा महङ्खवपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको हो । जिल्ला समन्वय समिति मुल समारोह समितिले घोराहीमा आयोजना गरेको कार्यक्रमको सहभागीहरुले समृद्ध राष्ट्र निर्माणका लागि घरदेखि समाजसम्म सकारात्मक सोंचको विकास गर्नुपर्ने बताएका थिए ।
देशको समृद्धिका लागि महिला पुरुषमा समान साेंच र विचार आवश्यक रहेको बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन गर्न सकेमा महिला र पुरुषको अधिकार सम्मान हुने बताए । कानुनी रुपमा महिला र पुरुष समान रहे पनि व्यवहारिक रुपमा महिलालाई कम पारिश्रमिक दिने प्रचलन रहेकाले यो विभेद अन्त्य गर्नको लागि संविधान कार्यान्वयन गर्न जरुरी रहेको बताएका थिए ।
व्यवहारिक रुपमा समानता कायम गर्न सोंचमा परिवर्तन गर्दै संविधानमा लेखिएका अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताए । समान सोंच र विचारको विकास हुन सकेमात्र समृद्धि गर्न सकिने भएकाले सकारात्मक साेंचको विकासका लागि सचेतना आवश्यक रहेको बताए ।
मुल समारोह समितिका संयोजक जितेन्द्रमान नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी प्रदेश कमिटी सदस्य भीमकुमारी बुढा, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भूपेन्द्र वली, मानवअधिकारकर्मी श्रीमण न्यौपाने, सिसा संस्था अध्यक्ष साजिद्धा सिद्दिकी, घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन । घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने सिक्देलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण हुमा डिसीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *