- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसम्झौताले देश विखण्डनतर्फः थापा

सम्झौताले देश विखण्डनतर्फः थापा

- Advertisement -spot_img

दाङ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र तराईलाई विखण्डन गर्न खोज्ने सिके राउतसँग भएको सम्झौताले नेपाललाई विखण्डनको दिशामा लैजाने तर्क गरेका छन् । उनले सम्झौता कुटिल, भ्रमपूर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाई थप विखण्डनतर्फ थकेल्ने दाबी गरे ।
दाङको तुलसीपुरमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पूरा गर्न यो सम्झौता गरेको बताए । प्रधानमन्त्री केपि शर्मा ओलीको सहभागितामा सरकार र राउतबीच भएको सम्झौता देशको हितमा नभएको बताए । हितमा नभएको पुष्टि आइतबार जनकपुरमा सिके रावत पक्षधरले देखाइसकेको उल्लेख गरे ।
राउतका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदाङ्गिएको छ, थापाले भने, ‘सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।’ सम्झौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफू तराईलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल प्रष्ट भएको बताए ।
थापाले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघीयताकै विषयमा पुनर्विचार गरौं भन्ने मागमा रहेको बताउँदै सरकारले आफ्ना माग पूरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने घोषणा गरे । ‘चैत १ गते सबै जिल्ला अध्यक्षहरु र केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने बताए । भूमिगत रुपमा सशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समूहलाई बन्दुक छाडेर जनताको अगुवाई गर्न आग्रह गरे ।
राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमबार तुलसीपुरको विरेन्द्र चोकमा कोणसभा भएको छ । कोणसभामा थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसामुक्त समाजको आन्दोलमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेका छन् ।
विसं २०६२÷६३ को आन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथि आक्रमण गरेको भन्दै त्यसका विरुद्ध अभियान सुरु गरिएको बताए ।
थापा रिपोर्टर्स क्लव दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा र पार्टीको मेचीकाली अभियान कार्यक्रममा सम्बोधन गरेका थिए । साक्षात्कार कार्यक्रम रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

एकता छिट्टै

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समान विचार धारा भएका शक्तिहरुबीच एकताको प्रयास जारी रहेको बताएका छन् ।
मेची–महाकाली अभियानको तेह्रौ दिन सोमाबार दाङ आएका अध्यक्ष थापासँग घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा विचार समूहका बीच एकता छिट्टै हुने पनि जानकारी दिए ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरणको गृहकार्य भैरहेको बताए ।
यसैबीच अध्यक्ष थापाले देश र जनताको शिर उच्च बनाउन मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिएको बताए । सोमबार घोराहीको तुलसीपुर चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यात्राले नेपालको सनातन हिन्दू राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा र समग्र विकासका लागि जनतालाई जागृत बनाएको बताए ।
राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापाले पैसाको बलमा गाउँ–गाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै हिन्दू राष्ट्रको पुनस्र्थापना गराएरै छाड्ने दाबी गरे । कार्यक्रममा राप्रपाका नेताहरु दिपक बोहरा र बुद्धिमान तामाङले मुलुकको राष्ट्रिय खतरामा परेको उल्लेख गर्दै यसको बचाउमा राप्रपाले मेची–काली यात्रा थालेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here