- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजसम्झना टोलको भवन शिलान्यास

सम्झना टोलको भवन शिलान्यास

- Advertisement -spot_img

तुलसीपुर, ५ चैत । सम्झना टोल विकास संस्था तुलसीपुर उपहानगरपालिका वडा नम्वर ५ को भवन निर्माण कार्य शुरु गरिएको छ । संस्थाका अध्यक्ष हरिबहादुर विकको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष विरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यमा भवनको सोमबार शिलान्यास गरिएको हो । तीन कोठाको उक्त भवन निर्माणका लागि टोल विकास संस्थाले तीन लाख विनियोजन गरेको अध्यक्ष विकले जानकारी दिए ।
टिनको पाताको छाना भएको भवन निर्माणका लागि करिव ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  भवन शिलान्यास कार्यक्रममा ५ नम्वर वडा सदस्य सुरेशकुमार श्रेष्ठ, ब्यवसायीहरु पूर्णप्रसाद धिताल, होमप्रकाश गौतम र विगेन्द्र शाह, तुलसीपुर जेसीजका अध्यक्ष मेघराज घिमीरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष भीम अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here