समृद्धिमा लैङ्गीक विभेद कारण

मुख्य खबर समाज

तुलसीपुर,१० असोज । महिला र पुरुषबीचको विभेदका कारण मुलुकमा समृद्धिले गति लिन नसकेको पश्चिम दाङमा बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सीड संस्थाको आयोजना तथा आईएम नेपालको सहयोगमा दुईदिने लैङ्गीक समानता र सामाजिक समावेशीकरणसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको बिहीबार उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले विभेद अन्त्य गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
शान्तिनगर गाउँपालिका महिला विकास शाखाका देवकी न्यौपानेको अध्यक्षता एवं वडा नम्वर ४ का अध्यक्ष धनबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको उक्त अभिमुखीकरणमा गाउँपालिका वडा अध्यक्ष, वडा सदस्य,
कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी र बाल क्लव, युवा क्लवका महिला र पुरुष गरी ३२ जनाको सहभागिता छ ।
अभिमुखीकरणको प्रशिक्षकमा मानव अधिकारकर्मी एवं पत्रकार सुशील बस्नेत रहेका थिए । कार्यक्रममा सीड संस्थाका शारदा बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सहजीकरण कार्यक्रम संयोजक माधवराज चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *