- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरसमृद्धिको यात्रा रोकिदैनः मुख्यमन्त्री

समृद्धिको यात्रा रोकिदैनः मुख्यमन्त्री

- Advertisement -spot_img

दंगीशरण, ५ कार्तिक । प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन्  । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
‘प्रदेश नम्बर ५ ले कुल ग्राहस्थ उत्पादनको ७.७ प्रतिशत बृद्विदर हासिल गर्नसक्नु समृद्विको यात्रातर्फ उन्मुख हुनु हो’ मुख्यमन्त्री पोख्रेलले भने, ‘संविधान सभा निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा छ भन्ने देखाउँछ ।’
सातवटै प्रदेशमध्ये ५ नम्बर प्रदेशले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको पोख्रेलको दाबी थियो । ‘जनतामा विपक्षीले निरासाको प्रचार फैलाए पनि निरास हुनुपर्ने कुनै कारण छैन’ मुख्यमन्त्री पोख्रेलले भने ।
पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रूपमा हेर्ने गरेता पनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको पोख्रेलले बताए । पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुई वर्षभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा पश्चिम दाङको विकास हुने बताएका थिए ।
थारू राजा दंगीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दंगीशरणको सालिक निर्माण गर्ने तयारी भइरहेको बताएका थिए । दाङ जिल्लाको दक्षिण क्षेत्रलाई मध्यनजर गर्दै दामोदर मार्गमा सडक कालोपत्र गर्ने काम प्रदेश सरकारले सुरू गरेको बताए ।
प्रदेश सरकारले गत वर्ष दामोदर मार्गका लागि पाँच करोड विनियोजन गरेको भन्दै भने यो वर्ष १० करोड बजेट विनियोजन गरेको पोख्रेलले बताए । समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई राज्यले पुरस्कृत गर्ने कामको सुरूवात भएको मुख्यमन्त्री बताएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको सुरूवात गरेको बताइन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले जनताहरूको पीडालाई सरकारले महसुस गरिसकेको भन्दै हरेक वर्गको जीवनस्तर माथि उठाउन सरकार लागिपरेको बताइन् ।
उक्त अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको विकास निर्माणका लागि आफू सधै तत्पर रहने भन्दै अबका दिनमा दंगीशरणलाई समृद्ध दंगीशरणको नामबाट परिचित गराउने बताए ।
दंगीशरण गाउँपालिका ३ र ६ नम्बर वडालाई जोड्ने पुल निर्माण भएको छ । दुईवटा वडालाई पुलले जोडेपछि आउने जाने सहज भएको छ अहिले दुई वडाबासीलाई । पुल बन्यो सम्बन्ध पनि जोडियो ।
अहिले दंगीशरणका छुट्टिएका वडालाई पुलले जोड्ने कार्य तिव्र पारिएको छ । पुल बन्छ भन्ने कल्पनासम्म नगरेका दंगीशरणबासीहरू अहिले पुल बन्दा खुसी छन् ।

६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित

पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर चन्द्रबहादुर शाहले दिएको जानकारीअनुसार पुल ४ करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दंगीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका–६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । २०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य सम्पन्न भएको थियो ।
जग्गा विवाद, निर्माण सामग्रीको अभाव र पूर्वाधार विकास कार्यालयबाट समयमै रकम भुक्तानी हुन नसक्दा एक वर्ष ढिला सम्पन्न भएको इन्जिनियर शाहले जानकारी दिए । उक्त अवसरमा समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरीएको थियो ।
निर्माण व्यवसायी भण्डारीले व्यवसायमा ३४ वर्षमा दाङ जिल्लामा १२ वटा पूल निर्माण समयमै निर्माण गरेपनि राज्यबाट कुनै सम्मान नपाएको अवस्थामा पूर्वाधार विकास कार्यालयको सम्मानबाट उत्साहित भएको बताए । ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री वैजनाथ चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here