समृद्धिका पहरेदार अपरेटर

फिचर विचार

विकासको विगुल फुक्दै राष्ट्र निर्माणमा समर्पित अपरेटरहरु तर राज्यले नै आफूहरुलाई उपेक्षा गरेको विभिन्न समयमा गुनासो आउने गरेको छ । ‘हिमाल, पहाड र तराई–नठानी कसैलाई पराई’ घाम र पानी नभनि राष्ट्रको विकास निर्माणमा जुटेका अपरेटरहरु जनतामा छाएको विकासको आशालाई पूरा गर्न लागेका छन् ।
आफ्नो ज्यानकै बाजी राखेर सडकदेखि पुल निर्माणसम्ममा जुटेका देशका सच्चा पहेरदार अपरेटरहरु पछिल्लो समय संगठित भएर अघि बढ्न थालेका छन् ।
आफ्ना पीडा र अधिकारको आवाजलाई प्रष्फुटित गर्नका लागि उनीहरु एक भएर कामहरु गर्न थालेका छन् । नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघमार्फत उनीहरु अहिले एकीकृत रुपमा संगठित भएका छन् । काम गर्दा हुने विभिन्न समस्यालाई सजिलै समाधान गर्न दाङसहित देशभरका अपरेटरहरु संगठित हुन थालेका हुन् ।
अधिकारका रक्षाका लागि एक भएर अघि बढेका अपरेटरहरुको प्रदेश नम्बर ५ को प्रथम भेला दाङको तुलसीपुरमा हुन गइरहेको छ । आज हामीले तुलसीपुरमा हुन गइरहेको प्रदेशस्तरीय भेला र अबको थप नया“ नीति अनुसार कसरी बढ्दै छ त अपरेटर संघ ? यिनै विषयमा केन्द्रित रहेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप । 


विपद्का लागि उद्दार अभियान

लोकमान खत्री
केन्द्रीय अध्यक्ष
नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघ

दाङसहित देशभर अहिले हामी संगठनको दायरालाई फराकिलो बनाउने अभियानमा छौँ । दाङसहित २६ जिल्लामा संगठन विस्तार भइसकेको छ । आज हुन लागेको प्रदेश नम्बर ५ को भेलाले पनि नयाँ संगठन निर्माण हुनेछ ।
अहिले प्रदेश संयोजक भरत चन्दजी हुनुहुन्छ । उहाँकै नेतृत्वमा अहिले प्रदेशस्तरीय भेला सम्पन्न गर्न गइरहेका छौँ । प्रदेश नम्बर ५ मा थुप्रै अपरेटर साथीहरु हुनुहुन्छ तर पनि संगठनमा आवद्ध हुन नसकिरहेको अवस्थामा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधित्व हुने गरी नयाँ संगठन निर्माण गर्नेछौँ । जतिबेला हामी एकतावद्ध हुन सकिरहेका थिएनौँ,
त्यो समयमा हाम्रा मागप्रति राज्य तथा सम्बन्धित निकायको वेवास्ता थियो । अहिले हामीले गोलवद्ध हुन थालेपछि हाम्रा मागहरु विस्तारै सम्बोधन हुन थालेका छन् । राज्य तथा सम्बन्धित निकायलाई हाम्रो गोलवद्धताले नैतिक दवाव परेको छ तर पनि हाम्रा धेरै साथीहरु गोलवद्ध हुन सक्नुभएको छैन् । अब हामीले यो अभियान सबै जिल्लामा लैजाने छौँ ।
तबमात्रै हामीले सोचेको उपलब्धि हासिल गर्नेछौँ । विभिन्न समस्या र चुनौतिका बीच पनि अपरेटरहरु हामी राष्ट्र निर्माणमा जुटेका छौँ । अब हामी प्राकृतिक विपत्ति उद्दारको लागि प्रत्येक जिल्लामा १२ जना अपरेटर तयारी अवस्थामा राख्ने योजना छ ।
आज हुने भेलामा प्रदेश नम्बर ५ का जिल्लामा सायद टुङ्गिने छ । विभिन्न विपत्तमा जतिसक्दो चाँडो उद्दार हुनसक्यो भने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले उद्दार समिति निर्माण अभियानमा छौँ ।
देशमा तिब्र विकासको अपेक्षा अहिलेका हामी तमाम नागरिकमा छ, विकास निर्माणलाई छिटोछरितो रुपमा सम्पन्न गर्ने भनेको प्रविधिको उच्चतम प्रयोग हो, प्रविधिको प्रयोग गर्ने को त भन्दा अपरेटरहरु नै हो ।
हाम्रा हातहरु जति चल्छन् त्यति नै मात्रामा छिटो विकास हुनसक्छ त्यसैले म सबै साथीहरुलाई के आग्रह पनि गर्न चाहन्छु भने मन, बचनका साथ आफ्नो कर्मलाई अघि बढाउनुहोस् ।
तपाईहरुलाई पर्ने विभिन्न समस्या समाधानमा आज तपाईहरुकै संस्था महासंघ छ, नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघले तपाईका सानाभन्दा साना समस्यालाई सम्बोधन गर्नका लागि सम्बन्धित निकार्यलाई दिनुपर्ने नैतिक दवाव दिनेछ ।
राज्यलाई समृद्धशाली बनाउन हामीले सक्छौँ, यो अभियानमा सबै अपरेटर साथी दत्तचित्त भएर लाग्नुहोस् हाम्रो आग्रह छ । थाहा छ मलाई हाम्रा समस्या थुप्रै छन् । तर पनि विस्तारै सम्बोधन हुनेछन् भन्न आशामा हामी छौँ ।


राज्य गम्भीर बन्नुपर्छ

भरत चन्द
संयोजक
प्रदेश नम्बर ५
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ

सर्वप्रथमतः भव्य र सभ्य रुपमा सम्पन्न हुन गइरहेको नेपाल हेभि इक्युपमेन्ट अपेरटर संघ प्रदेश नम्बर ५ को प्रथम भेलामा सबैलाई दाङको तुलसीपुरमा हार्दिक स्वागत गर्दछु । ‘एक थुकी सुकी सय थुकी नदी’ भने झै हामी छरिएर रहेका अपरेटरहरुलाई गोलवद्ध गर्न यो प्रथम भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।
हामीले हाम्रा अधिकार रक्षाका लागि एकतावद्ध हुन जरुरी ठान्यौँ र अहिले गोलवद्ध हुने अभियानमा छौँ । प्रदेश नम्बर ५ मा पनि थुप्रै छरिएर रहेका अपरेटरहरुलाई प्रथम भेलाले संगठित गरी अधिकार रक्षाका लागि थप सहयोग पुग्ने आशा छ ।
प्रदेश नम्बर ५ का माननीय मूख्यमन्त्री शंकर पोखरलेको प्रमुख आतिथ्यतामा हुन लागेको भेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सहकर्मी साथीहरु लाग्नुभयो । म उहाँहरुलाई हार्दिक सम्मान अनि धन्यवाद पनि दिन चाहन्छु ।
हामी राष्ट्र निर्माणमा जुटिरहँदा हाम्रा पनि थुप्रै समस्या छन् । हाम्रा ति समस्यालाई राज्यले सजिलै सम्बोधन गर्ने छ भन्ने आशामा छौँ । हिमाल होस् या पहाडका जोखिम ठाउँमा ज्यानको बाजी राखेर विकासको गतिलाई अघि बढाउँदै जनता र राज्यलाई सहयोग गरिराखेको अवस्थामा आज हाम्रा माग राज्यले सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ ।
राज्यले हाम्रा गुनासा कत्ति पनि सम्बोधन गरेको छैन् भन्न खोजेको होइन तर पनि भने जति अपेक्षा गरेजति हाम्रा समस्या राज्य तथा सरोकारवाला निकायले सुन्न नसकिरहेको अवस्था छ । म अहिले पनि आग्रह गर्न चाहन्छु । हाम्रा समस्यामा राज्य तथा अन्य सरोकारवाला निकाय गम्भीर बन्न सकोस् ।
हामी तपाईहरुलाई खुशी बनाउँछौँ विकासको गतिलाई अघि बढाएर तर हाम्रा गुनासा सम्बोधन गरेर हामीलाई पनि खुशी बनाउनुहुनेछ भन्ने मेरो अनुरोध छ । हाम्रा साथीहरु अहिले पनि विभिन्न ठाउँमा काम गर्ने क्रममा कतिले ज्यान गुमाउनुभएको छ,
कतिपय साथीहरु अंगभंग अवस्थामा रहनुभएको छ । काम गर्ने क्रममा ज्यान गुमाएका परिवार, घाइते तथा अंगभंग अवस्थामा रहेका परिवारलाई राज्यले क्षतिपूर्ति दिने वातावरण निर्माण गरोस् । आज हामी आफ्नो अधिकार रक्षाका लागि गोलवद्ध हुन थालेका छौँ ।
समय हिजोजस्तो छैन्, विगतमा भएका सम्झौता कार्यान्वयनको माग पनि गर्दछौँ । अहिले अपरेटरहरुले सहजरुपमा लाइसेन्स लिने वातावरण बन्न सकिरहेको छैन् । सरकारले यसतर्फ पनि ध्यान दिने छ भन्ने हामीहरु आशामा छौँ ।
हामी नजुटेको जुट्ने राष्ट्र निर्माणमा । जनतालाई विकास दिन लागेको सरकारले हामी पनि सरकारलाई जतिबेला पनि सहयोग गर्न तयार छौँ । तर हाम्रा समस्या समाधानमा पनि राज्य गम्भीर बन्नुपर्छ । लाग्छ अहिलेको तिब्र विकासका लागि हाम्रो साथ अपरिहार्य छ र हामी पनि देशको समृद्धि र जनताको आकांक्षालाई सम्बोधन गर्न लागिरहेका छौँ, लागिरहने छौँ ।


मालिक र राज्यको व्यवहार परिवर्तन होस्

चन्द्र डाँगी
अध्यक्ष
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ, दाङ

छरिएर रहेका अपरेटरलाई एकतावद्ध गराई अधिकार रक्षाको यो महान अभियान चलिरहेको छ । त्यसकै लागि अहिले प्रदेश नम्बर ५ स्तरीय प्रथम भेलाको आयोजना गरेका हौँ । भव्य र सभ्यरुपमा यो प्रथम भेला सम्पन्न हुनेछ भन्ने सबैलाई विश्वास दिलाउन चाहन्छु ।
मुख्य कुरा त के छ भने यो गोलवद्ध हुने अभियानमा सबै अपरेटर साथीहरुलाई आउन आग्रह गर्दछु । हामी एकतावद्ध हुन नसकेकै कारण हामीले विभिन्न समस्या भोग्नुपरिरहेको छ । सबै साथीहरुलाई एकतावद्ध गराउने क्रममा प्रदेश नम्बर ५ मा आइपुगेका छौँ ।
प्रदेशका १२ जिल्लामा पनि थुप्रै अपरेटर साथी हुनुहुन्छ । समस्या समाधन गर्न सामूहिक रुपमा केही सहज पनि हुन्छ तसर्थ भए गरेका देखिएका समस्यालाई समाधानमा टेवा पु¥याउन हामीले हाम्रो नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघको परिकल्पना गरेका हौँ ।
आज हामीले प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेपछि केहि नयाँ थप निर्णय गर्नेछौँ । त्यो तपाई हामै्र हितकै लागि हुनेछन् । राज्यलाई महत्वपूर्ण योगदान दिने अपरेटरहरु आफै विभिन्न समस्यामा किन छन् त ? यो विषयमा गम्भीररुपमा छलफल हुनेछ र निष्कर्ष निकाल्ने छौँ ।
निष्कर्ष अपरेटरकै पक्षमा निकाल्ने छौँ । लाइसेन्स प्राप्त गर्ने समयदेखि लिएर काम गर्ने क्रममा भोग्नुपरेका समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अपरेटर संघ लागि रहेको छ ।

कुनै पनि साथीहरु काम गर्ने समयमा हुन सक्ने दुर्घटनापछि राज्यले विशेष सम्मानका साथ घाइते तथा मृत्यु भएका परिवारलाई रोजगारको ग्यारेन्टी गर्न सक्नुपर्छ र मात्रै विकासको गतिलाई बढाउने हामी अपरेटहरुको थप हौसला मिल्ने छ ।

अनि आजको महत्वपूर्ण भेलामा हाम्रा साथीहरु कोहि पनि काम गर्ने क्रममा घाइते, अपाङ्ग, अंगभंग हुनुभएको छ भने कतिपयको मृत्युसमेत भएको छ हामीले उहाँको परिवारलाई राहत उपलब्ध गराउने छौँ । हामीले दिएको सानो राहतले पनि केहि थप सहयोग पुग्नेछ ।
अपरेटरहरुका समस्या थुप्रै छन् तर पनि समस्या समाधानमा राज्य गम्भीर बन्न नसकिरहेको अवस्थामा अहिले हामी छरिएर रहेका साथीहरु एकतावद्ध हुनु जरुरी छ । फुटेर होइन जुटेर पक्कै पनि धेरै गर्न सकिन्छ । त्यसैले हामी आज गोलवद्ध हुनुको विकल्प छैन्
भनेर हामी लागेका छौँ । आज राष्ट्रमा जति पनि विकास निर्माणका काम भएका छन् ति विकास निर्माणलाई छिटोछरितो रुपमा सम्पन्न गर्नका लागि अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । घामपानी, दिनरात नभनी अहोरात्र खटेर विकास निर्माणका कामलाई गति दिइरहदा हाम्रो गति भने बढ्न नसकिरहेको अवस्था छ, अहिले पनि हामी न्यूनभन्दा न्यून पारिश्रमिकमा काम गर्न बाध्य छौँ ।
मालिकले हामीप्रति गर्ने व्यवहार सुध्रन सकेको छैन् । अहिले पनि विभिन्न साथीहरु सानो रकममा काम गर्न बाध्य भइरहदा हामीले उहाँहरुका समस्यालाई समाधान गर्ने कसरी भनेर लागेका छौँ ।
कुनै पनि साथीहरु काम गर्ने समयमा हुन सक्ने दुर्घटनापछि राज्यले विशेष सम्मानका साथ घाइते तथा मृत्यु भएका परिवारलाई रोजगारको ग्यारेन्टी गर्न सक्नुपर्छ र मात्रै विकासको गतिलाई बढाउने हामी अपरेटहरुको थप हौसला मिल्ने छ ।
हाम्रो फेरी पनि आग्रह छ, अपरेटरहरुको समस्यालाई समाधान गर्न राज्य गम्भीर बनोस् र मालिकको व्यवहार पनि परिवर्तन हुन जरुरी छ । यस गोलवद्ध हुने महाअभियानमा तपाईलाई सहभागिताको लागि अनुरोध गर्दछु ।


अधिकार रक्षाका लागि गोलवद्ध

विनोद वली
कोषाध्यक्ष
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ, दाङ

दाङमा केहि महिना अघिमात्रै हामीले यो संगठनको निर्माण गरेका हौँ । जिल्लामा संघको स्थापना गरिरहँदा हामीलाई विभिन्न चुनौति थिए । अहिले पनि विभिन्न चुनौतिको सामना त गर्नुपरिरहेको छ तर पनि हामीले यसलाई सहजरुपमा लिएर व्यवस्थापन गरिरहेका छौँ ।
अहिले दाङमा करिब तीन हजार अपरेटर हुनुहुन्छ । तर पनि सबै संघमा आवद्ध हुन सक्नुभएको छैन् । सबै आवद्ध हुन नसक्नु कतिपय हाम्रा बाध्यता कतिपय उहाँहरुका बाध्यता छन् । कतिपयलाई हामीले खबर पु¥याउन नसकिरहेको अवस्था पनि हुनसक्छ । कतिपय थाहा पाएर पनि आफ्नै बाध्यताले संघमा आवद्ध हुन सक्नुभएको छैन् र पनि हाम्रो कोशिस जारी रहने छ ।
अहिले अब म कोषाध्यक्ष भएको नाताले कोषमा कति रकम जम्मा भएको छ भन्ने प्रश्न पनि होला । अहिले हामी शुरुवाती चरणमा भएको कारणले पनि कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । हामी विस्तारै संघको संगठनलाई विस्तार गर्ने अभियानमा छौँ ।
अहिले आज सम्पन्न हुन गइरहेको प्रदेशस्तरीय भेलाले पनि केहि न केहि पक्कै राहत मिल्नेछ । सबैलाई एकतावद्ध गराउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले के आग्रह गर्न चाहन्छु भने तपाईहरु आजको कार्यक्रममा उपस्थित भएर संघमा आवद्ध हुन सक्नुहुन्छ । हामी हाम्रो अधिकार रक्षाका लागि गोलवद्ध हुने अभियानमा छौँ । यस अभियानलाई सफल बनाउन कोषको त आवश्यकता पर्छ ।

आजको आवश्यकता भनेकै प्रविधिको युग हो, अब मानिस एक्लैले विकासका गतिलाई छिटोछरितो बनाउन सक्दैन्, मेसिनको सहायताले मात्रै छिटो विकास सम्भव छ ।

कोषका लागि हामीले केहि सानो रकम सदस्यता शुल्क निर्धारण पनि गरेका छौँ । त्यो शुल्क बुझाएर सदस्यता लिनका लागि सम्पूर्ण अपरेटर सहकर्मी साथीहरुलाई आग्रह गर्दछु । हामीलाई जुनसुकै समयमा पनि सम्पर्क गरी सदस्यता लिन सक्नुहुन्छ ।
हामीले के पनि भनेका छौँ भने संघमा रकम जम्मा गर्न सकियो भने हामी नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ आफैले अपरेटरको तालिम प्रदान गर्ने योजनामा पनि छौँ ।
अहिले पनि धेरै साथीहरु वैदेशिक रोजगारमा गइरहेको समयमा यसलाई रोक्न तपाई हामी सबै लाग्नुपर्छ । उहाँहरुलाई स्वदेशमै विभिन्न प्रकारका सिप सिकाएर स्वदेशमै परिचालन गर्न सकियो भने व्यक्ति, समाज र राष्ट्रको उन्नती पक्कै हुनेछ ।
हामीले देखेको सपनामा तपाईहरु सबैको साथ अनिवार्य छ किनभने एक्लैले केहि गर्न सकिन्न तर मिलेर गयौँ भने पक्कै पनि राष्ट्रको समृद्धिका लागि ठूलो सहयोेग पुग्ने छ ।
राष्ट्र निर्माणमा जुटिरहेका हामी अपरेटरहरु पनि गोलवद्ध हुनेक्रममा अहिले प्रदेश नम्बर ५ को प्रथम भेला सम्पन्न गर्न लागि रहेका छौँ । विगतमा हामी एकजुट नभएकै कारण हाम्रा कति समस्या समाधानमा राज्यको कम उपस्थिति रह्यो, अब हामी गोलवद्ध भएर हाम्रो संगठनलाई विस्तार गर्न आवश्यक छ र मात्रै हाम्रा समस्यालाई समाधान गर्न राज्यलाई नैतिक दबाब सिर्र्जना हुनेछ ।
देशमा जतिपनि भौतिक विकासको उपलब्धि अपरेटरहरुको साथबिना असम्भव छ । किनभने आजको आवश्यकता भनेकै प्रविधिको युग हो, अब मानिस एक्लैले विकासका गतिलाई छिटोछरितो बनाउन सक्दैन्, मेसिनको सहायताले मात्रै छिटो विकास सम्भव छ ।
हाम्रो संस्था नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ पनि विकास निर्माण सहयोग पु¥याउने महत्वपूर्ण संस्था हो । आज हामीसँग देशभरमा १ लाख भन्दा बढी अपरेटर छन् । दैनिकरुपमा उनीहरु अहिले पनि निर्माणका काममा लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *