तुलसीपुर, २४ मंसिर । सामुदायिक सुरक्षालाई संस्थागत गरी समाजमा हुने अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न तुलसीपुरमा समुदाय–प्रहरी साझेदारी समिति गठन गरिएको छ । उक्त अवसरमा बोल्ने वक्ताहरुले समाजमा हुने स–साना अपराधलाई स्थानीयस्तरबाट रोक्नु पर्नेका जोड दिएका थिए । उनीहरुले समाजलाई सुरक्षित गर्न सामाजिक अभियानको सुरुवात गरेको बताएका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले समाजमा हुने हरेक नकारात्मक गतिविधि रोक्न आफूहरुले कुनै कदम बाँकी नराख्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले समाजमा हुने अपराध न्यूनीकरणका साथै विभिन्न खालका सुरक्षा योजजाहरु साझेदारी कार्यक्रममा समेटिएको बताए । उनले यस कार्यक्रमले प्रहरी र नागरिकबीच अझ सहकार्य र सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको समेत प्रष्ट पारे ।
तुलसीपुर उपमहागनरमा भएको सरोकारवाला निकायको बैठकले तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा २० सदस्यीय समुदाय प्रहरी साझेदारी समिति गठन भएको हो । वन गठित समितिको सहसंयोजकमा उपप्रमुख माया आचार्य, सहसंयोजकमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही रहेका छन् । त्यसैगरी सदस्यहरुमा तुलसीपुर उपमहागनरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाह, सदस्य सचिव प्रहरी निरीक्षक भिमबहादुर कार्की, ईलाका प्रशासन कार्यालयका श्रीधर टण्डन, गैरसरकारी संस्थाको तर्फबाट भागीराम चौधरी, रिपोर्टर्स क्लवबाट शरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्रबाट नारायणी रजौरे, पत्रकारहरुको तर्फबाट ओपेन्द्र बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट वीरबहादुर रावत, नागरिक समाजबाट टिकाराम रेग्मी, विमल रिजाल, महिला अधिकारर्मीबाट शुष्मा गिरी, बाल क्लबाट इशा वली, तुलसीपुर चेम्बरबाट टोपबहादुर घर्ती, सहकारी महिलाबाट रमा आचार्य, प्याब्सनबाट गिरीराज डाँगी, सीता वली, पूर्व प्रहरी संगठबाट बसन्त कुमार खड्की रहेका छन् ।