समाधानननका लागि गृहकार्य

विचार

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

जोखबहादुर राणा
प्रदेश सदस्य
नेपाल कम्युनिष्ट पार्टी

देशमा रहेका दुई ठूला मुलधारका पार्टी एक भएका छन् । जनतामा पनि धेरै आशा पलाएको छ । लामो समयको राजनैतिक चपेटामा परेका नेपाली जनताले शान्ति स्थापनासँगै राहतको महशुस गर्न थालेका छन् ।
अहिले देशमा तत्कालीन एमाले र तत्कालीन माओवादीबीचको एकीकरणले झनै आशा पलाएका छन् । दुई ठूला राजनैतिक पार्टीको नेतृत्व छनौटमा देखिएको विवाद सामान्य हो तर त्यसो छैन् । तपाईले भनेजस्तो हामीले पाएका छैनौँ । नेकपाको नेतृत्व छनौटमा नेतादेखि कार्यकर्तासमेत सन्तुष्ट छन् ।
हामीले खासगरी दुई ठूला पार्टीको एकीकरण भइसकेपछि नेतृत्वमा छनौट प्रक्रियामा आउन सक्ने विवाद समाधानका लागि लामो समय गृहकार्य गरेका हौँ । नेतृत्व छनौटका लागि विभिन्न निकायसँगको छलफल र बहसका माध्यमबाट आज जिल्ला हुँदै स्थानीय तहसम्मको नेतृत्व छनौट गरेका छौँ । नेतृत्व छनौटमा कोहि कसैको भिन्न मत भएमा हामीले उहाँहरुसँग बसेर छलफल गर्नेछौँ, गरिरहेका छौँ ।
कम्युनिष्ट पार्टीमा यस्तो पनि हुनुपर्छ, जुन असन्तुष्टिलाई हामीले सकेसम्म छलफलका माध्यमबाट समाधान गर्ने कोशिसमा लाग्छौँ । असन्तुष्टि हुन्छ तर पार्टीले निर्देशन गरेका कुराहरुलाई हामीले मान्नु पनि पर्छ ।
नेता र कार्यकर्ताले साझा धारणा बनाउन सक्नुपर्छ । नीति र विधि अनुसार नेकपाको नेतृत्व टुङ्गिने गरेको छ । पार्टीभित्र देखिएका असन्तुष्टि हामीले छलफल र बहसको माध्यमबाट समाधान गर्नुपर्छ । सबैको भावना अट्ने र अटाउने एकमात्र पार्टी भनेकै नेकपा हो भन्ने बनाउनुपर्छ । जिल्ला तह र दश स्थानीय तहमा नेतृत्व छनौट भइसकेको अवस्थामा अब हामीहरु वडास्तरमा पनि कमिटी गठन गर्दै जान थालेका छौँ ।
सम्भवतः यसै सातादेखि नै यो कुरा पनि लागू हुन्छ । तल्लो तहसम्म नेतृत्व छनौट भएपछि हामीले सरकारले गरेका विभिन्न रचनात्मक काम जनतामाझ लैजाने बनाएका छौँ भने जनताका गुनासालाई सरकारसम्म लैजाने कोशिस गर्नेछौँ ।
दाङमा जिल्ला नेतृत्वदेखि स्थानीयस्तरको नेतृत्वमा सकेसम्म सबैलाई समेट्ने र अटाउने प्रयास गर्नेछौँ । अब तपाईले भनेझैँ इञ्चार्ज जम्बो भएको होइन् । यो सबै हामीले नीति र विधिसम्वत् नै बनाएका छौँ ।
दुई शक्तिशाली पार्टीका शक्तिशाली नेतृत्व भएको हुँदा सबैलाई मिलाएर लैजाँदा अलिकति ठूलो आकारको टिम बनेको हो । यसमा कुनै अन्त्यथा लिनुपर्दैन् । नेतृत्व शक्तिशाली भयो भनेमात्रै पार्टी शक्तिशाली हुने हो । त्यसैले अहिले नेकपामा पनि दुई पार्टीका नेतृत्वलाई एक गराउदा केही जटिलता आउनु स्वभाविक पनि हो तर हामीहरुले यसलाई एउटा साधारण प्रक्रिया मानेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *