समाज रूपान्तरणका लागि स्वस्थ प्रतिस्पर्धा

मुख्य खबर समाज

तुलसीपुर, १८ पुस । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले समाज रूपान्तरणका लागि राज्यका सबै निकायले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । मंगलबार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय राप्तीले तुलसीपुरमा आयोजना गरेको सन् २०१९ को शुभकामना तथा विभिन्न ब्यक्तिहरूलाई गरेको सम्मान कार्यक्रममा प्रमुख वक्ताको रूपमा महासचिव बस्नेतले भने, हरेक ठाउँमा अस्वस्थ प्रतिस्पर्धा, लोभ, मोह र अहंकारले समाज झाङ्गिन थालेको छ । यस्तो परिस्थितिमा समुदायमा स्वस्थ्य प्रतिस्पर्धा, हातेमालो र संवादको खाँचो औल्याए । उनले भने, सकारात्मक सोचको विकास हुनसके मात्र मानिसले शान्ति अनुभूति गर्ने बताए ।
केन्द्रीयका सञ्चालिका गीता दिदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तुलसीपुर सरसफाईका अभियान्ता एवं ब्यवसायी विमल रिजालले सुन्दर समाजका लागि सुन्दर स्थान हुनुपर्नेमा जोड दिए । सुन्दर स्थान भएमात्र हाम्रो सोचाईमा सिर्जनशीलता आउन सक्ने बताए । सिर्जनशीलताबाटै मुलुकले समृद्धि गर्न सक्छ, रिजालको भनाइ थियो । सो अवसरमा तुलसीपुर नगर जेसीजका अध्यक्ष मेघराज घिमिरेले तुलसीपुर क्षेत्रको समुदायलाई राम्रो बनाउन सामाजिक संघ संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिदै आफ्नो नेतृत्वको तुलसीपुर नगर जेसीजले पनि एक वर्षमा परिवर्तनको केही अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरे । मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले आगामी एक बर्षभित्र दाङ शान्ति अभियानताहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी भईरहेको जानकारी दिए । त्यस अवसरमा केन्द्रका अनिताले सन् १९६९ जनवरी १८ मा ब्रह्मापीता शुरू गरेको ध्यान, योग र साधनको स्वप्रबन्धन योग साधानको जनवरी १ तारिकबाट शुरूभारम्भ गरिएको जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण शिवलालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *