समाज रुपान्तरणमा आध्यात्मः महरा

फिचर मुख्य खबर समाज

ॐ शान्तिकोे रजतजयन्ती …
तुलसीपुर, १२ फागुन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ॐ शान्ति) राप्ती क्षेत्रले आफ्नो रजतजयन्ती मनाएको छ । राप्तीमा कार्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती मनाइएको राप्ती क्षेत्रीय कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरमा विशेष समारोहका साथ रजत महोत्सव गरिएको हो । शनिबार आफ्नो स्थापनाको २५औँ वर्षको अवसरमा संघीय सभामुख कृष्णबहादुर महराको सहभागितामा रजतजयन्ती महोत्सव गरिएको हो । कार्यक्रममा आध्यात्मिक चिन्तनको महङ्खव र आवश्यकताको बारेमा सबैले समयमै बुझ्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । यसैबीच समारोेहको उद्घाटन गर्दै संघीय सभामुख कृष्णबहादुर महाराले समाजको रुपान्तरणका आत्ध्यात्म महङ्खवपूर्ण भएको बताए । उनले धर्म, संस्कृति र आध्यात्मले मानिसलाई सफल र सकारात्मक बनाउने बताए । उनले सम्भावित खतरालाई सतर्क गर्दै लैजानका लागि आध्यात्मिक चिन्तनको आवश्यक पर्ने बताए । महराले देशमा भइरहेको असामान्य स्थितिलाई समाधान गर्न अबको संघर्ष निषेध नभएर रुपान्तरण भएको बताए । आध्यात्मिक चिन्तनको अभावले देशमा हत्या, हिंसाका गतिविधिहरु बढ्दै जाँदा सही, गलत छुट्याउन नसक्ने अवस्थाको सिर्जना भइरहेको बताए । कुनै पनि काम र कर्म आध्यात्मिक चिन्तन र मार्गबाट मात्र सफल हुने बताउँदै उनले यसलाई सबैले अभियानका रुपमा लिनुपर्ने बताए ।
देशको विकास र राजनैतिक अवस्थाका निम्तिएको समस्या र हिंसाजन्य गतिविधिहरुलाई रोक्नका लागि चेतना र उत्तम सोंचको विकास गर्न आवश्यक भएको उनको भनाइ छ । सकारात्मक साेंचको विकास गर्न आवश्यक छ । ‘कुनै पनि दुई चिजलाई मिलाएर लैजाने हो भने अर्को नयाँ चिजको विकास हुन्छ’ उनले भने ‘जसका उदाहरणमा यो संस्थालाई लिनुपर्दछ, धार्मिक मात्र नभई सकारात्मक साेंचको विकास गर्ने वैज्ञानिक विश्वविद्यालय पनि हो ।’ सकारात्मक र नकारात्मक कुरालाई छुट्याउन नसक्ने मानवको सबैभन्दा कमजोेरी भएकाले आफ्नो संवेगहरुलाई उचित तरिकाले प्रयोग गर्नु अत्यावश्यक रहेको बताए । उनका अनुसार समाज रुपान्तरण र समृद्ध राष्ट्र निर्माणको लागि अहिलेको राजनीतिलाई यही चिन्तनको माध्यमबाट सुधार्नु आवश्यक रहेको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले फाटेको र दुखेको मनलाई सफा गर्न नसक्दा समाजमा विकृति बढिरहेको बताएका छन् । उनले समाज परिवर्तन, लोकतन्त्रको संरक्षण र राष्ट्र समृद्धिका लागि एकआपसको भावना र ध्यानको आवश्यक पर्ने बताए । उनले नेपालको पवित्र भूमिको रुपमा रहको दाङलाई विश्व शान्तिको क्षेत्रको रुपमा स्थापना गर्न ब्रह्माकुमारी विश्वविद्यालयसँग प्रस्तावसमेत राखे ।

आध्यात्मिक चिन्तनको अभावले देशमा हत्या, हिंसाका गतिविधिहरु बढ्दै जाँदा सही, गलत छुट्याउन नसक्ने अवस्थाको सिर्जना भइरहेको महराले बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति सभापति कीर्तिबहादुर खड्काले आध्यात्मिक चिन्तनको मनन, अनुशरण सबैले गर्नुपर्ने बताए । मानवीय जीवनमा रहेको भौतिक र आध्यात्मवादलाई अनुशरण गर्दै लगे शान्तिपूर्ण राष्ट्रको निर्माण गर्न आवश्यक रहेको बताए । मानिसलाई भौतिकवादले बाँधेकाले कुरिति, फेसन, भ्रष्टाचार, बढेको ब्रह्माकुमारी विश्वविद्यालय पोखराकी सञ्चालिका शोभा दिदीले बताइन् । समाज आँटबाट नभई दाँतबाट हाँस्ने गरेकाले विभिन्न विकृति बढिरहेको उनले बताइन् । कार्यक्रमा ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालयका शैलेसराज बराल, पतञ्जली योग समिति प्रदेश नम्बर ५ प्रेम शाह, महिला रक्षक सञ्जाल दाङकी निवर्तमान संयोजक शुष्मा गिरी, नागरिक समाज दाङका निवर्तमान संयोजक टिकाराम रेग्मीलगायतले समाजमा आध्यात्मिक चिन्तनको महङ्खव अत्यावश्यक भएको बताए ।
समाजलाई कसरी सकारात्मक दिशातर्फ लैजान सकिन्छ ? भन्ने चिन्तनको आवश्यकता रहेको छ । जसका लागि यसलाई सबैले संकल्प र विचारलाई स्वर्णिम बनाउनुपर्ने उनीहरुले बताए । उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमकी अध्यक्ष एवं ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तुलसीपुरकी संयोजक राजयोगिनी गीता दिदीले १ हजार ५ सयभन्दा बढी शाखाहरु स्थापित गराउन सफल भएको बताइन् । कार्यक्रमको सहजीकरण माधव तिमिल्सिनाले गरेका थिए । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

धारपानी पर्यटकीय क्षेत्र

संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको पाण्डवेश्वर धाम धारपानीलाई राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । पाण्डवेश्वर महादेव धामको पूर्वाधार विकास तथा बृहत आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको शनिबार उद्घाटन गर्दै सभामुुख महराले धारपानी धामलाई पर्यटन क्षेत्रको विशिष्ठीकरणमा राख्ने बताए । उनले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास महङ्खवपूर्ण भएको भन्दै पर्यटकीय स्थल लुम्बिनी र प्रकृतिको अप्सरा रारासँग जोेड्ने दूर्तमार्गमा दाङको धारापानी पर्ने बताए । उनले धारपानी धाम सरकारको उत्कृष्ट एक सयमा पर्यटकीय स्थलमा नपरेको भन्दै अब नम्बर १ मा पारिने बताए ।
अर्को फरक प्रसंगमा कार्यक्रमका सभामुुख महराले प्रदेश सांसद उत्तर कुमार ओलीलाई गुुमाउनुुपर्दा सिंगो मुलुक नै शोकमा डुबेको बताए । उनले सांसद वली गुमाउनु दाङमात्र नभई राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । महायज्ञ मुल आयोजक समितिक संयोजक गणेश अधिकारीको अध्यक्षता तथा सभामुख महराको प्रमुख अतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा महायज्ञका प्रमुख कथावाचक दिनबन्दु पोख्रेल, प्रदेश सांसद अमरबहादुर डाँगी, नेकपाका सचेतक शान्ता चौधरीलगायतले धारपानी धामको विकासमा सबै एक भएर लाग्नुपर्ने बताए । यसैबीच शनिबारदेखि पाण्डवेश्वर महादेव धामको पूर्वाधार विकास तथा बृहत आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ शुुरु भएको छ । महायज्ञ उद्घाटन पूर्व विभिन्न झाँकीसहित ¥यालीले घोराही बजार परिक्रममा गरेको थियो ।

सदैव शैक्षिक विकासमा लागिपर्ने

यसैबीच सभामुख कृष्णबहादुर महराले तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक विकासमा आफूले सक्दो सहयोग गर्ने बताएका छन् । विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गदै सामुदायिक विद्यालयमा पनि यस विद्यालयले पछिल्लो समयमा धेरै शैक्षिक फड्को मारेको भन्दै विद्यालयलाई आफ्नो क्षेत्रबाट हुने सबै सहयोग मिल्ने बताए । ‘विद्यालयको जग्गा दर्तादेखि भौतिक र शैक्षिक विकासको लागि मेरो क्षेत्रबाट हुने सबै सहयोग मैले गर्नेछु’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक देवराज विश्वकर्माले यस विद्यालयलाई स्मार्ट विद्यालय बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । वार्षिकोत्सवमा विद्यालय नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर खड्का, वडा नम्बर ४ का वडा सदस्य डिला परियार, शंकर गौतम, कृष्णकुमार गिरी, सुरेन्द्रबहादुर खड्का, विद्यालय स्थापना गर्ने संस्थापक प्रशुराम गुरुङका छोरा मनबहादुर गुरुङ, पूर्व विद्यार्थी सूर्यप्रसाद शर्मा पुरस्कार स्थापनाकर्ता लक्ष्मण केसीलगायतले बोलेका थिए । उक्त अवसरमा विद्यालयका शिक्षकहरु प्रमोद न्यौपाने, नारायण देवकोटा, सुशीला सुवेदी, सोनी सिंहलाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको बताएका थिए । विद्यालयका शिक्षक लेवेन्द्र धितालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमका धन्यवाद ज्ञापन शिक्षक अभिभावक संघका अध्यक्ष सुरविर वलीले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक प्रमोदकुमार न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *