समाजको वार्षिक साधारणसभा चैतमा

मुख्य खबर

घोराही, १३ फागुन । नेपाल निवृत्त राष्ट्रसेवक समाज प्रधान कार्यालय घोराहीको आइतबार बैठक बसेको छ । समाजका अध्यक्ष चतुरमान डाँगीको अध्यक्षतामा बसेको बैठकले समाजको वार्षिक साधारण सभा यही चैत १५ गते गर्ने निर्णय गरेको छ । त्यस अवसरमा समाजका आजीवन सदस्य भरतमणि पाण्डे घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षमा, समाजको आजीवन सदस्य नारायणप्रसाद भण्डारीे संस्थाको सदस्य पदमा र खुमा खड्का महिला सदस्यमा निर्वाचित भएकोप्रति बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । बैठकले पाण्डवेश्वर धारपानीमा सञ्चालन भईरहेको महायज्ञमा सबै निवृत्त राष्ट्रसेवक परिवार उपस्थित भई सहयोग पु¥याउने निर्णय गरिएको थियो । बैठकको सहजीकरण उपाध्यक्ष भूपेन्द्र देवकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *