- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरसमस्या पहिचानमा एक वर्ष

समस्या पहिचानमा एक वर्ष

- Advertisement -spot_img

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन । कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छौँ । यो अंकमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयसँग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसंक्षेप । 


हामीले एक वर्ष पूरा गर्दै गर्दा जनताका केही अपेक्षालाई पूरा गर्ने प्रयास गरेका छौँ । जनताका थुप्रै अपेक्षा छन् । ति अपेक्षालाई क्रमशः आवश्यकताको आधारमा पूरा गर्दै जाने हिसाबले हाम्रो एक वर्ष रह्यो । मैले चुनावको बेलामा गरेका सबै प्रतिवद्धता डायरीमा टिपेर राखेको छु , भुल्यो की भनेर नभनिदिनुहोला । जनताका अपेक्षा धेरै छन् तर हामीले एक वर्षको अवधिमा नगरी नहुने कामलाई प्राथमिकता दिएर अघि बढेका छौँ ।
चुनाव जितेर आएपछि मैले नागरिकहरुसँग समन्वय गर्दै सकेसम्म सबैका माग सम्बोधन गर्ने गरी काम गरिरहेको छु । स्थानीय सरकार भनेको नै नागरिकका समस्यासँग प्रत्यक्ष नजिक हुन्छ । त्यसैले पनि मैले कुनै पूर्वाग्रह नराखी काम गरिरहेको छु । स्वभाविक रुपमा नगरबासीहरुको अपेक्षा धेरै छ । वडामा आएका साधन र स्रोतलाई अधिकतम प्रयोग गरेर समृद्धिको मार्गमा अघि बढेका छौैँ  । म जनप्रनिधि भएर आइसकेपछि कार्यालयको सजावटभन्दा पनि नागरिकको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छु । समग्रमा एक वर्ष उपलब्धिमूलक नै रह्यो । मैले नागरिकसँग गरेका सबै प्रतिवद्धता बाँकी कार्यकालमा पूरा गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्र्दछु ।

उपलब्धि

खासगरी वडा नम्बर १५ भनेको अधिकांश बजार क्षेत्र पर्ने भएका कारण यसभित्रका विभिन्न स–साना सडकहरुमा समेत कालोपत्रे भएको छ । खानेपानीको समस्या, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरेको छु । नागरिकलाई सहज तरिकाले जनतासँग गरेका प्रतिवद्धता सकेसम्म छिटो समाधान गर्ने हिसावले काम गरिरहेका छौँ । एकीकृत सम्पत्ति कर वडा कार्यालयबाटै लिने व्यवस्थाको तयारी अन्तिम चरणमा छ । हामीले स्थानीय सरकारका तर्फबाट जनताका समस्यालाई जतिसक्दो चाँडो समाधान गरेका छौँ । विभिन्न सिपमूलक तालिम सञ्चालन गरेर धेरैलाई व्यवसायीक सीप परिचालन गर्न सफल भएका छौँ । अहिले पनि १५ जना महिलाले व्यवसायीक रुपमा काम पनि थालेका छन् । एक वर्ष विषेशगरी समस्या पहिचान र विभिन्न संरचना व्यवस्थापनमा बितेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ बजारक्षेत्र भएको हुँदा यस क्षेत्रलाई हरित नगरका रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । वडा कार्यालयले नागरिकलाई विकासको अनुभूति गर्ने गरी काम गरेको अनुभूति नागरिकमा भएको छ । म वडा अध्यक्षमा निर्वाचित भएर आएपछि वडा नम्बर १५ लाई अरुभन्दा फरक ढंगले विकास गर्ने उद्देश्यका साथ काम गरेको छु । पाँच वर्षभित्र सम्पूर्ण बस्तीमा सडक कालोपात्रे गरी वडालाई सफा सुन्दर र हरित वडाका रुपमा विकास गर्ने योजनाका साथ काम गरेका छौँ ।

चुनौति

सम्भावना भएको ठाउँमा चुनौति अवश्य पनि हुन्छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने गरिएको छ साँच्चिकै सिंहदरबारको अनुभूति दिन भौतिक संरचनादेखि बजेट अभावमा चुनौति रहेका छन् । करिब दुई दशकपछि हामी आएका छौँ, काम गर्न त धेरै चुनौति पनि छन् । निर्वाचनको बेला हामीले गरेका प्रतिवद्धता पनि थुप्रै छन् केही समाधान भए केही धेरै बाँकी छन् । एक वर्षको अवधिमा भोग्नु परेका थुप्रै चुनौति छन् । हाम्रो एक वर्ष पूरा भएको अवस्थामा अझै करिब चार वर्ष बाँकी रहेकोले चुनौति भएपनि नागरिकका अपेक्षा पूरा हुनेछन् भन्ने म प्रतिवद्धता पनि व्यक्त गर्दछु । जनताका अपेक्ष थुप्रै छन् तर हामीले प्राथमिकताका आधारमा योजना निर्माण बनाउने गरेका छौँ । विभिन्न समस्या र चुनौतिसँग पैठेजोरी खेल्दै चुनावका बेला गरेका प्रतिवद्धता पूरा गर्नतिर हाम्रो ध्यान केन्द्रित छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here