- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारसमयले साल फे¥यो, मानिसले रमिता हे¥यो

समयले साल फे¥यो, मानिसले रमिता हे¥यो

- Advertisement -spot_img

पल फरियो, बल फेरिएन । घण्टा फरियो मन्टा (टाउको) फरिएन । दिन फेरियो, दीन फेरिएन । बार फेरियो, सार फेरिएन । साता फेरियो, गाथा फेरिएन । पक्ष फेरियो भक्ष फेरिएन, मैना (महिना) फेरियो, ऐना फेरिएन ।
मास फेरियो, आश फेरिएन । तिथि फेरियो बेथिति फेरिएन । लगन (लग्न) फेरियो, गगन फेरिएन । योग फेरियो, हर्ष फेरिएन । साल फेरियो ताल फेरिएन । यी सबै विगतदेखि वर्तमान समयसम्म चलेका र सञ्चालित भएका यथास्थितिवादी संस्कार र परम्परा हुन् ।
नयाँ वर्षका नाममा हरेक गतिविधि र क्रियाकलापहरु भए र गरे । ति सबै एकदिन र एकछिनका लागि सीमित भए । नयाँ वर्षलाई स्वागत गर्ने नाममा अनेक बहानाबाजी भए, तर ति सबै एकदिन भन्दा बढी भोलिका लागि पनि भएनन् ।
नयाँ वर्षमा एकदिनका लागि होइन (३६५) दिन अर्थात् एक वर्षका लागि नयाँ कुरा आउनु पथ्र्यो र जन्मिनु पथ्र्यो । त्यसको बदलामा खाली शुभकामना बाँडेर र शुभकामना साटेर मात्र समय बित्यो ।
भन्नेले भने ‘नव वर्ष २०७६ सालको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’ तर बुझ्नु पर्ने कुरा के हो भने– मानिस एकदिन मात्र खुशी हुन चाहन्न । मानिस एकदिन मात्र सुखी हुन चाहन्न ।
मानिस एकदिन मात्र समृद्ध हुन चाहन्न । मानिस एकदिन मात्र शान्ति रहन चाहन्न । मानिस एकदिन मात्र हाँस्न चाहन्न । मानिस एकदिन मात्र नाच्न चाहन् । मानिस एकदिन मात्र गाउन चाहन्न । मानिस एकदिन मात्र रमाउन चाहन्न । मानिस एकदिन मात्र प्रगति गर्न चाहन्न । मानिस एकदिन मात्र दीर्घायु बन्न चाहन्न । मानिस एकदिन मात्र निरोगी बन्न चाहन्न । मानिस एकदिन मात्र मीठो खान चाहन्न ।
मानिस एकदिन मात्र राम्रो लगाउन चाहन्न । मानिस एकदिन मात्र रमिते बन्ने र बनाउन चाहन्न । मानिसलाई दिने कुरा र बाँड्ने कुरा अलि ख्याल गरेर दिऊँ र मानिसलाई बाँड्ने कुरा अलिक ख्याल गरेर मात्र बाँड्ने गरौं ।
सामान्य कर्मकाण्डेय हिसाबले आफ्ना साथीभाइ, शुभचिन्तकले नयाँ सालमा हलो, हायका क्रममा जे भने पनि सिङ्गो राज्यले त्यहीँ ढंग र त्यही पाराले शुभकामनाका दुई÷चार शब्द क्षेप्यास्त्र गर्दैमा जनताका लागि पूरा हुँदैन ।
राज्य पक्षबाट शुभकामना होइन, शुभकर्म दिनु पर्दछ । हिजो राणाकालदेखि चलिआएको शुभकामनाका ओठे शब्दले आजको लोकतन्त्र, आजको गणतन्त्र, आजको प्रजातन्त्र, आजको समाजवाद, आजको नयाँ नेपाल, आजको नयाँ युग, आजको नयाँ व्यवस्था सम्बोधन गर्न सक्छ ? शुभकामना सरकारले होइन, जनताले दिने हो ।
खै ! हामीले संस्कार फेरेको ? खै ! हामीले परिपाटी फेरेको ? खाली भजन र कीर्तन गर्दैमा सबथोक प्राप्त हुन्छ । आजको समयले (२०७५) सालको अन्तिम (५) अंकलाई बदलेर (६) अंक बनायो र (२०७६) साल बनायो ।
तर देशको सिङ्गो सरकारले के फे¥यो र के घोषणा ग¥यो ? केही चिन्ह र संकेत छ ? सरकारले हरेक नयाँ वर्षमा जनताका लागि र सदाका लागि दिनुपर्ने सेवा, सुविधाका बारेमा नयाँ खाका तयार पारेर आजका मितिदेखि २०७६ साल चैत मसान्तसम्म यी–यी कर्महरु सम्पन्न गर्नेछौं भनेर कहिल्यै भन्न सक्यो । सरकारले शुभकर्म त्यागेर शुभकामनाका पछि किन लागेको छ ?
कामना गर्ने त निरिह, असहाय, शक्तिहीन र शासनहीनले मात्र गर्ने कुरा हो । शक्ति सम्पन्न र शासक वर्गले किन कामना गर्ने ? सोझै काम गरेर देखाउन किन नसक्ने ? जनताका हातमा र जनताको साथमा केही हुँदैन र पो उनीहरु हामीमा नभएको शक्ति र सामथ्र्य प्राप्त होस् भनेर कामना गर्छन र शुभकामना दिन्छन् । सरकार त आफैमा सर्वसम्पन्न छ ।
उसले चाहेको खण्डमा जे पनि दिन सक्छ र जे पनि हुन सक्छ । सरकारले जनताले चाहेको, जनताले मागेको र जनतालाई आवश्यक परेको कुरा दिने कि खाली शुभकामना मात्र दिने ? शुभकामनाका कुरा गर्ने हो भने त हिजो राजाका पालामा प्रत्येक दिन बिहान ६ बज्ने बित्तिकै रेडियोमार्फत र सञ्चार साधन र स्रोतमार्फत दिव्य उपदेश अर्थात् महावाणी प्रशारण गरिन्थ्यो ।
त्यो महावाणी आजको शुभकामनाभन्दा कैयौं उच्च कोटीको र उच्च गुणस्तरको हुन्थ्यो । आखिर त्यसले त पुगेन त ? किन आजको व्यवस्थामा अवतरण गर्नुप¥यो ? शासक र शासन दुबै फेरिदा र बदलिदासमेत हिजोको भन्दा झन तल्लोस्तरको क्रियाकलाप र गतिविधि हुन्छ भने त्यसलाई के भनेर संज्ञा दिने ? खै ! आज समयले (२०७६) साल पायो ।
तर जनताले के पायो ? कोही कसैले यो प्रश्नको उत्तर दिन सक्छ ? वर्ष फेरिनु एकदिन अगाडि भोलि जनताका नाममा के भन्ने र के प्रशारण गर्ने भनेर ? शब्दकोष खोतलेर, मीठा–मीठा शब्दजाल बटुलेर मिडियालाई वरिपरि राखेर एकमिनेट भजन गाउँदैमा जनतामा नयाँ साल आउँछ । जनतामा नयाँपन छाउँछ ? अहिले जहाँ हे¥यो त्यहीँ तमास छ । के हो यो ? खाली शुभकामना आदानप्रदान ।
के हो यो आदानप्रदान ? दिनुलिनु केही छैन, त्यसै आदानप्रदान हुन्छ ? कस्तो किसिमको आदानप्रदान हो यो ? लाज पनि नमान्ने र सरम पनि नमान्ने ।

वर्ष फेरिनु एकदिन अगाडि भोलि जनताका नाममा के भन्ने र के प्रशारण गर्ने भनेर ? शब्दकोष खोतलेर, मीठा–मीठा शब्दजाल बटुलेर मिडियालाई वरिपरि राखेर एकमिनेट भजन गाउँदैमा जनतामा नयाँ साल आउँछ । जनतामा नयाँपन छाउँछ ? अहिले जहाँ हे¥यो त्यहीँ तमास छ । के हो यो ? खाली शुभकामना आदानप्रदान । के हो यो आदानप्रदान ? दिनुलिनु केही छैन, त्यसै आदानप्रदान हुन्छ ? कस्तो किसिमको आदानप्रदान हो यो ? लाज पनि नमान्ने र सरम पनि नमान्ने ।


बोली र बचनले तृप्त पार्ने काम भनेको लोकतन्त्र हो । भाषण र आश्वासनले पुष्ट पार्ने भनेको गणतन्त्र हो । कामना र चाहनाले पुर्ने भनेको समाजवाद हो । इच्छा र आकांक्षाले भर्ने नेको नयाँ नेपाल हो । के हो यो आजको व्यवस्था र अवस्थाको सार ?
के हो यो आजको अवस्था र व्यवस्थाको अर्थ ? सबै पुरानै चालमा कसरी नयाँ साल ? सबै पुरानै हालमा कसरी नयाँ साल ? सबै पुरानै ढंग र ढर्रामा कसरी नयाँ वर्ष ? सबै पुरानै उमङ्ग र हर्षमा कसरी नयाँ वर्ष ? यो संसारमा हरेक कुरा परिवर्तनशील छ ।
समयको गतिसँगै सेकेण्ड–सेकेण्डमा परिवर्तन हुन्छ । तर हाम्रो देश र जनताको हालमा किन परिवर्तन हुन सकेन ? हाम्रो देशको सुशासन र समृद्धिमा किन परिवर्तन हुन सकेन ? हाम्रो देशको पारदर्शीता र सदाचारितामा किन परिवर्तन हुन सकेन ?
जुनकुरा आपसेआप परिवर्तन हुन्छ, त्यसलाई हामीले रमिताका रुपमा हे¥यौं । तर जुनकुरा हाम्रो हात, हाम्रो साथ र हाम्रो गाथबाट परिवर्तन हुने हो, त्यसलाई खाली शब्दमा मात्र व्यक्त ग¥यौं र सम्पन्न, सुसम्पन्न गर्ने दिशातर्फ कदापि लागेनौं ।
हामीले के बुझ्नु पथ्र्यो भने ‘समयसँगै हामी परिवर्तन हुनुपर्दछ र हाम्रो कर्म परिवर्तन हुनुपर्दछ ।’ तर त्यसो भएन । समय परिवर्तन हुँदै गयो हामी यथास्थितिवादी तर्फ नै उन्मुख भयौं । हाम्रो बोली, बचन, भाषा र शब्द चयनका रुप, रंग र संरचना फेरिए पनि हाम्रा कर्म र धर्म फेरिएनन् ।
यसरी धर्म र कर्म नफेरिदा हामीले कहिल्यै पनि नयाँपन देख्न, भोग्न र सुन्न पाएनौं । हामीले दुःख पाएको नै समयको गतिसँग चल्न र बल्न नसक्दा हो । यदि हामी समयको गतिसँगै चल्न सकेको भए आज (२०७६) सालमा आउँदा (२०१६) का कुरा किन गर्नुपथ्र्यो ?
समयले त आफ्नो रुप, रंग र संरचना, विधि, प्रक्रिया सबै बदल्यो तर हामीले बदलेको खै ? हामी किन र कति कारणले यहाँ छौं ? शुभकामना दिन र बाँड्न हामी निकै सिपालु छौं तर शुभ कर्म गर्न भने निकै मखण्डी र मूर्ख पनि छौं । हामी हरेक कुरामा एकदिने भयौं । सरकार पनि एकदिने । जनता पनि एकदिने । जने गर्ने हो, जे भन्ने हो र जे मनाउने हो एकदिनका लागि खाली औपचारिकतामा मात्र सीमित यसरी पनि परिवर्तन हुन सक्छ ।
अब त दीर्घकालिक सोच राख्ने कि नराख्ने ? ठीक छ, आज हामी (२०७५) साल पार गरेर (२०७६) सालमा आइपुग्दा हाामीले पाएको नयाँपन र नौलो कुरा के हो ? भन्न सक्ने अवस्था र स्थिति छ ? हामीले त भन्छौ (२०७५) सालका कुनै पनि प्राकृतिक तथा कृतिम घटना तथा दुर्घटनाहरु नघट्न र कुनै पनि बिघ्न–बाधाहरु नआऊन् । तर सरकारले त त्यहीँ पनि भन्न सकेको छैन कि
‘हामीबाट विगतमा भएका त्रुटी तथा कमजोरीहरु सारा सच्चिएर नयाँ वर्ष (२०७६) सालमा प्रिय कर्म र प्रिय भावनाले मात्र उपस्थित हुनेछौं भनेर । सरकारले (२०७५) सालका अप्रिय घटना र क्रियाकलापलाई लिएर र संकलन गरेर त्यसबाट बच्ने र बचाउने प्रतिवद्धता किन गर्न सकेन ? आज हामीले देखेका, सुनेका र भोगेका अधिकांश अप्रिय घटनाहरु मानवद्वारा सिर्जित र निर्मित घटनाहरु हुन् ।
जुन मानव सिर्जित घटना र दुर्घटनालाई समेत रोक्ने, छेक्ने, थुन्ने, बार्ने, बन्धन गर्ने र निराकरण गर्ने प्रतिवद्धता प्रकट गर्न नसक्ने सरकारको उपस्थिति कस्तो खाले उपस्थिति हो ? यो समस्या आजको मात्र होइन । हिजोदेखि नै र संस्कृति र संस्कार बनेको यो कुरिति किन हट्न सकेन ? भन्ने त गुनासो हो ।
नयाँ वर्ष मान्ने र मनाउने क्रममा जुन यथास्थितिवादी सोंच र विचारमा जकडी लिएको छ, त्यो जालो आजको सरकार किन तोड्न सकेन ? किन फोड्न सकेन ? साँच्चिकै नयाँ वर्ष मान्ने र मनाउने असली तरिका भनेको हिजोआज चलेकै तरिका हो त ?
यसैमा हाम्रो युग बित्ने हो ? यो नयाँ भयो, त्यो नयाँ भयो, सबै नयाँ भयो भनिरहेको बेला शुभकामना आदानप्रदान गरेरै सरकार टर्ने र सबथोक भर पर्ने कतिञ्जेल चल्ने हो ? अर्थात् सरकारको तर्फबाट नयाँ वर्ष (२०७६) सालमा देश र जनताले पाउने नयाँ कुरा के–के हुन् ?
सुन्न पाइयो कि पाइएन ? मैले सुन्न पाएको छैन, यदि कोही कसैले सुन्नुभएको छ भने मलाई पनि सम्प्रेषण गर्नुहोला भन्दै हामीले नयाँ वर्ष मनाउने क्रममा देखिएका विकृति तथा विसंगतिलाई हटाउँदै सङ्लो वातावरणका साथ धमिलो विगतलाई भुलौं र सबै कुरा अग्रगतिको बाटोमा जाग्न र लाग्न अघि बढौं । २०७६ साल हामी सबैका लागि शुभ बनोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here