समयको मागः ‘वेद’ कित ‘वेदना’ पढेको

विचार

समय आजभन्दा भोलि भोलिभन्दा पर्सि झन्–झन् जटिल र झन्–झन् कठिन बन्दैछ । विज्ञान र विकासले मानिसलाई यान्त्रिकरणले जोडेर सहज र सरल बनाएको महसुस गरे पनि गराए पनि त्यसको उपभोग र प्राप्ती भनेजस्तो सहज र सरल छैन । विज्ञानले विकासले छपक्क छोपे पनि र ढपक्क ढाके पनि आजको मानिस एकपछि अर्काे उकुस–मुकुस र एकपछि अर्को छट्पटीमा रुमालिएको छ र पिरोलिएको छ । देशमा राजनीति परिर्वतन, सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, धार्मिक परिवर्तन, साँस्कृतिक परिवर्तन र ऐतिहासिक परिवर्तन भएको उद्घोष गरिरहँदा आजको समयले आम मानिसलाई चरम आनन्द र चरम सन्तुष्टि दिन चुकेको त छ नै विशेष वर्ग र समुदायमा त आंशिक सन्तुष्टिसमेत दिन सकिरहेको अवस्था छैन । यसो हुनुमा वर्तमान समय शान्तिभन्दा अशान्तितर्फ केन्द्रित छ । वर्तमान समय अहिंसाभन्दा हिंसामा केन्द्रित छ । वर्तमान समय व्यवस्थितमा केन्द्रित छ । वर्तमान समय राजक भन्दा अराजकतर्फ केन्द्रित छ । वर्तमाा समय सहिष्णुभन्दा असहिष्णुतर्फ केन्द्रित छ । वर्तमान समय आस्थाभन्दा अनास्थातर्फ केन्द्रित छ । वर्तमान समय व्यवहारिकभन्दा अव्यवहारिकतर्फ केन्द्रित छ । वर्तमान समय उन्नतिभन्दा अवनतितर्फ केन्द्रित छ । वर्तमान समय थितिभन्दा बेथितितर्फ केन्द्रित छ । वर्तमान समय धैर्यभन्दा अधैर्यतर्फ केन्द्रित छ । वर्तमान समय निःस्वार्थभन्दा स्वार्थतर्फ केन्द्रित हुँदैछ । वर्तमान समय संयमभन्दा असंमयतर्फ केन्द्रित छ । वर्तमान स्वस्थभन्दा अस्वस्थतर्फ केन्द्रित छ । वर्तमान समय पारदर्शी भन्दा अपारदर्शीतर्फ केन्द्रित छ । वर्तमान समय संयोगभन्दा विछोडतर्फ केन्द्रित छ । वर्तमान समय आत्मनिर्भर भन्दा परनिर्भरतर्फ केन्द्रित छ । वर्तमान समय समझदारीभन्दा असझदारीतर्फ केन्द्रित छ । वर्तमान समय सहमतिभन्दा असहमतितर्फ केन्द्रित छ । वर्तमान समय सदाचारभन्दा भ्रष्टाचारतर्फ केन्द्रित छ । वर्तमान समय लोकप्रियभन्दा अलोकप्रियतर्फ केन्द्रित छ । वर्तमान समय पुण्यभन्दा पापतर्फ केन्द्रित छ । वर्तमान समय सहयोगभन्दा असहयोगतर्फ केन्द्रित छ ।
वर्तमान समय दयालु, कृपालुभन्दा निष्ठुरी र निर्मोहीतर्फ केन्द्रित छ । वर्तमान समय धर्मभन्दा अधर्मतर्फ केन्द्रित छ । अर्थात् आजको समय सकारात्मक कुराले भन्दा नकारात्मक कुराले चलायमान छ । यसो हुनुमा नैतिकताको खडेरी पर्नु हो । यसो हुनुमा कर्तव्य र दायित्वको बोध नहुनु हो । यसो हुनुमा नम्रता र विनम्रता खाँचो पर्नु हो । यसो हुनुमा जिम्मेवारीको महसुस नहुनु होे । यसो हुनुमा पाप र धर्मको ख्याल नहुनु हो । यसो हुनुमा जीवन र जगतलाई चिन्न र चिनाउन नसक्नु हो । यसो हुनुमा आचरणको बन्धक तोड्नु हो र यसो हुनुमा अनुशासनको दाम्लो चुँडाउनु हो । त्यसैले पनि वेद हाम्रो लागि किन अपरिहार्य छ भने जब मानिसमा नैतिकता र चरित्रवानको खाँचो पर्दछ । तब वेद ज्ञानको आवश्यकता पर्दछ । हाम्रो वैदिक शास्त्र अत्यन्त पुरानो र शक्तिशाली शास्त्र हो । जति पनि यो जीवन जगत चलाउने कुरा छन् ति सबै वेदमा उल्लेख छन् भनिएको छ । हाम्रो चार वेद देशकै चार खम्बा हुन् जसले यो देशलाई टेको लगाई रहेको छ । चार वेदमा नभएको कुरा केही पनि छैन । जे खोज्यो त्यो भेटिन्छ र जे चाह्यो त्यही मिल्दछ । यदि हामीमा अलिकति पनि वेदको ज्ञान छ भने हामी अवश्य पनि सतर्कमी र सद्मार्गी हुन्छौं । भनिएको छ चार वेदमा एक लाख मन्त्रहरु छन् र ती एक लाख मन्त्रहरुमध्ये छयानब्बे हजार मन्त्र धर्मकर्म तथा यज्ञ अनुष्ठानमा आधारित छन् र बाँकी चार हजार अन्य शस्त्र–अस्त्र औषधिमुलो तथा ज्ञान सिपमा आधारित छन् । यति मात्र होइन यो चार वेदबाट दुईवटा शाखा वेदको कल्पना गरिएको छ । जसमा एउटा होः ‘गन्धर्व वेद’ र अर्को हो ‘धनुर्वेद÷गन्धर्व वेद’ गीत, संगीत लगायत विभिन्न कला तथा वाद्यवादनसँग सम्बन्धित छ भने धनुर्वेद विभिन्न शस्त्र–अस्त्र, हातहतियार तथा पाटपूर्जासँग सम्बन्धित छ । वेदको अध्येताले के जान्छ ? के जान्दैन ? भन्ने प्रश्न होइन । एउटा वेद अध्येताले सारा दुनिया हाक्ने आस्थावान्, निष्ठावान र कर्तव्यपरायण मृतभाषी, संस्कार र शक्ति प्राप्त गर्दछ भन्ने तर्कपूर्ण जवाफ हो । आज हामीभन्दा विकसित मुलुकहरु पनि चार वेदको खोजी र त्यसको भावार्थमा तल्लीन बन्दै छन् । वेद के हो ? कुन वेदमा के छ ? कुन वेदले के शिक्षा दिन्छ ? कुन ऋचाको अर्थ के हो ? यस्तै–यस्तै जिज्ञासाको खोजीमा तत्कालिन मुलुकहरु पनि छन् ।

भनिन्छ, हामीमा स्रोतको अभाव छैन । किन भने हाम्रो देश नेपाल प्राकृतिक स्रोतले सम्पन्न र धनी मुलुक हो । तर त्यो स्रोतलाई परिचालन गर्ने शक्ति त चाहियो नि ? आजको समयमा हाम्रो देशको स्रोतलाई सञ्चालन र परिचालन गर्ने भनेको यो देशको उत्पादित शैक्षिक युवा ज्ञान जनशक्ति हो । जसको पाखुरीमा दम छ, र दिमागमा ज्ञान पनि छ । विद्यमान समय र परिस्थितिको कुरा गर्ने हो भने देशका होनहार युवा शक्तिहरु विदेशको खाडीमा, यो देशका बुढाबुढीहरु बाटोमा, बचेकुचेका झाडीमा देशको नेतृत्व गाडीमा ।

हाम्रो देशमा वेदको रचना भयो । हामै्र देशका व्यासहरुको वेद लेख तर हामीलाई वेदको अर्थ र महत्व कम छ । यसका ऋचा–ऋचाको ज्ञान छैन । त्यसैले हामीलाई नैतिक बन्धन पनि छैन र पाप धर्मको ख्याल पनि छैन । चरित्र र निष्ठाको बोध पनि छैन । कर्तव्य र जिम्मेवारीको बन्धन पनि छैन । अनुशासन र सद्मार्गको शक्ति पनि छैन र भक्ति पनि छैन । कस्तो बिडम्वना ! हाम्रो आफ्नो देशमा बलेको सक्कली वेदकोे दियो कसैले हरण गरी लगेर त्यहाँ नक्कली दियो राखी दिन्छ । सक्कली दियो हरण गरी लानेले आफ्नो देश र जनता सुख समृद्धि तुल्याउँछ । हामी त्यही सुखी र समृद्धि हेरेर घुटु–घुटु थुक निलिरहन्छौं र भन्छौं ‘हामी पनि भोलिका दिनमा यो देशलाई फलानो देश बनाउँछौं ।’ तर हामीलाई याद छैन हाम्रो दियो फे¥यो कसले ? हाम्रो दियो ह¥यो कसले ? हाम्रो दियो चाह्यो कसले ? हामीलाई वेदको ज्ञान त भएन, भएन । हामी वेदमा वेदाङ्गपारायण त भएनो, भएनौ । हामी वेद अध्येता त भएनौ, भएनौं । हामी वेदनामा पनि कहाँ पढ्यौँ र ? हामी वेदना पनि कहाँ जान्यौँ र ? हामी वेदना पनि कहाँ चिन्यौं र ? हामी वेदना कहाँ चिनायौं र ? हामी वेदना पनि कहाँ थाहा पायौं र ? आज हामी वेद नबुझेर वेदना बुझेको भए पनि त हामी थुप्रै सामाजिक र धार्मिक काम गर्न सक्थ्यौं । हामीले वेद नबुझेर वेदना बुझेको भए पनि हामी समाज र देशमा थुप्रै परमार्थी र पुरुषार्थी काम गर्न सक्थ्यौं । हामी वेद नबुझेर वेदना बुझेको भए पनि समाज र राष्ट्रमा शान्ति र अमनचयन कायम गर्न सक्थ्यौं । हामी आजको समयमा फलाकी राखेका छौं । हामी आजको समयमा खोकीरहेको छौं । हामी आजको समयमा पनि घोषणा गरिरहेका छौं कि ‘अब देश समृद्ध बनाउने हो र जनता सुखी र खुसी बनाउने हो’ भनेर । देश विकास र समृद्ध बनाउनको लागि समान्यतया स्रोत र साधन चाहिन्छ । भनिन्छ, हामीमा स्रोतको अभाव छैन । किन भने हाम्रो देश नेपाल प्राकृतिक स्रोतले सम्पन्न र धनी मुलुक हो । तर त्यो स्रोतलाई परिचालन गर्ने शक्ति त चाहियो नि ? आजको समयमा हाम्रो देशको स्रोतलाई सञ्चालन र परिचालन गर्ने भनेको यो देशको उत्पादित शैक्षिक युवा ज्ञान जनशक्ति हो । जसको पाखुरीमा दम छ, र दिमागमा ज्ञान पनि छ । विद्यमान समय र परिस्थितिको कुरा गर्ने हो भने देशका होनहार युवा शक्तिहरु विदेशको खाडीमा, यो देशका बुढाबुढीहरु बाटोमा, बचेकुचेका झाडीमा देशको नेतृत्व गाडीमा । अनि विकास कसले गर्ने ? मैदानमा को उत्रने ? पसिना को बगाउने ? पाखुरी को चलाउने ?
साँच्चीकै यो देशको युवा जनशक्तिको वेदना बुझेको भए ‘धन–पैसाको लगानी, नोकरमा जवानी’ भन्ने अवस्था आउने थिएन् । आजको कयाँै पैसा खर्चेर शैक्षिक युवा शक्ति र समूह नोकर पदका लागि वैदेशिक रोजगारमा आकर्षित छन् । उनीहरु त्यही नोकरसमेत सही ढंगले र निर्वाध ढंगले हुन पाइरहेका छैनन् । उनीहरुको पीडा कसले बुझेने ? उनीहरुको वेदना कसले महसुस गर्ने ? उनीहरुको लागि लगानी कसले सुरक्षित गर्ने ? यहाँ विदेशीको कुरा मात्र होइन स्वदेशमा केही गर्ने भने र जोशजाँगर झिकेका युवाहरुको पनि वेदना बुझ्न कोसिस गरिएको छैन । कुन युवा कुन कर्ममा व्यस्त छ र उसलाई कुन कुरामा खाँचो छ ? भन्ने कुरा न त हामीसँग कुनै डाटा छ न त कुनै तथ्याङ्क सफल हुने आफ्नै पौरख र भाग्यले सफल भएको छ । असफल हुने आफ्नै गल्ती र कमजोरीले असफल भएको छ । सफलताको हाई–हाई ! पनि छैन र असफलताको कठै ! पनि छैन  । यस्तो स्थिति र परिस्थितिमा हामीले भनेको र हामीले चाहेको देश र जनता यथा समयभित्र नै लाभान्वित हुन्छन् भन्ने आधार रहदैन । जबसम्म हामीले आफ्नो दायित्व, भूमिका, कर्तव्य, जिम्मेवार र मर्यादाको ख्याल राख्दैनौ तबसम्म योजना– योजनामा मात्र सीमित हुन्छन् । वर्तमान समयले चाहेको कुरा के हो ? वर्तमान समयले खोजेको कुरा के हो ? वर्तमान समयका आधारभूत मान्यताहरु के–के हुन् ? यी र यसै यावत् विषयहरुमा वेद र वेदना पढिएन भने हामी केही पनि गर्न र भर्न सक्दैनाँै । वेद अनुशासन हो भने वेदना चेष्टा हो । अनुशासन पनि छैन चेष्टा पनि छैन भने जति शब्द जाल रचे पनि र जति व्यवस्था बदले पनि देश र जनताका दिन चर्चा कदापि बदलिदैनन् । आजको समय भनेको विकास र समृद्धिको समय हो । यसका लागि चाहिने पूर्वधाराहरु भनेको साधन, शक्ति र स्रोत हो । त्यसको परिचालन गर्ने भनेको राजनीतिक संयन्त्र नै हो । त्यसले पनि राज्य होस् या नागरिक होस् सबैमा वेद वा वेदनामध्ये एउटा विधामा निपूण हुनै पर्दछ । वर्तमान समयको माग पनि यही हो कि चाहे नेता होस् या जनता, कि त वेद पढेको हुनुप¥यो । कित वेदना पढेको हुनुप¥यो । वेद पनि छैन वेदना पनि छैन भने त्यस्तो व्यक्ति, शक्ति वा समूहले आजको बदलिदो युगलाई समय सापेक्ष बनाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *