समन्वयको पालिका अनुगमन

breaking-news प्रदेश फिचर मुख्य खबर समाज

प्रदेश टुडे
तुलसीपुर, १७ बैशाख ।

जिल्ला समन्वय समिति दाङले पालिकाहरूको अनुगमन गरेको छ । विश्वमा नै महामारीको रूपमा रहेको कोरोनाले निम्त्याएको विपद् अवस्था र व्यवस्थापन र तयारीको बारेमा पालिकास्तरमा अनुगमन सुरू गरेको हो ।

जिसस प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा तथा जिल्लाका प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको सहभागितामा भएको अनुगमनमा पालिकाहरूले कोरोना कोष स्थापनादेखि क्वारेन्टाइन र राहत वितरणसम्मको काम गरेको पाइएको प्रमुख नेपालीले बताए । पालिकाहरूले पहिलो चरणको राहत वितरण गरेको आवश्यकता अनुसारका योजना बनाईदै गएको समेत पाइएको बताए ।

मंगलबार शान्तिनगर र दंगीशरण गाउँपालिकामा गरिएको अनुगमनमा दंगीशरणमा क्वारेन्टाइनको व्यवस्थापन गरेको भएपनि सञ्चालनमा नपाएको र शान्तिनगरमा नमुना र सुविधा सम्पन्न क्वारेन्टाइन सञ्चालन भएको पाइएको छ ।

शान्तिरगर गाउँपालिकाले सञ्चालन गरेको क्वारेनटाइनमा १२ जना रहेको र हालसम्म ८० जनाभन्दा बढी बसी सकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि बहादुर पुनले बताए ।

पुनले क्वारेन्टाइनको मापदण्ड अनुसार सञ्चालन गरिएको र त्यसको सम्पूर्ण व्यवस्थापन र सञ्चालन गाउँपालिकाले गरेको उनले बताए ।

गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले यो अवस्थामा कुनै पनि नागरिक भोकै बस्नु नपरोस् र समस्यामा नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले काम गरिरहेको जानकारी दिए । उनले सकेसम्म विपन्न, गरिब अशक्तलाई राहत प्रदान गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *