सबै ठाउँमा पर्यटनसम्बन्धी कार्यक्रम

मुख्य खबर

 घोराही, २४ मंसिर । पर्यटन प्रवद्र्धन समितिको बैठक भ्रमण वर्षको लागि नारा तय दाङ २२ मंसिर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा गठन भएको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले स्थानीय नारा तय गरेको छ ।
समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमबार बसेको सचिवालयको बैठकले ‘पर्यटन विकासको हाम्रो चाहना, दाङको समृद्धि हाम्रो कामना’ नारा तय गरेको हो ।
बैठकले सबै संघ संस्थालाई नेपाल भ्रमण वर्षको ब्यानर निर्माण गरेर ठाउँ–ठाउँमा राख्नको लागि समेत अनुरोध गरेको छ । त्यसैगरेर बैठकले नेपाल भम्रण वर्ष २०२० को उद्घाटन पुुस १६ गते घोराही उपमहानगरपालिकाका १३ को बाह्रकुुने दहमा प्रस्ताव गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरेर पालिकासम्म कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै पालिकासँग छलफल अघि बढाउने निर्णय गरेको छ । सोमबार राप्ती गाउँपालिकासँग छलफल आयोजना गरेको समितिले जनाएको छ ।
जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँ पालिकामा वर्षैभरि कार्यक्रम गर्ने भएको छ । बैठकले हरेक महिनामा सन्देशमूलक तरिकाले पालैपालो सबै गाउँपालिकामा कार्यक्रम गर्ने,
सन २०२० लाई पर्यटन वर्षका रूपमा भव्य सफल बनाउन पर्यटन समितिको कार्यालय जिल्ला समन्वय समिति दाङमा खोल्ने, जिल्लाका सबै गाउँपालिकामा गाउँपालिकास्तरको समिति गठन गर्ने, जिल्लामा हुने जति पनि कार्यक्रम हुन्छन् त्यसलाई पर्यटन वर्षसँग जोडेर लैजानका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतका लागि जनबरी १ अर्थात् पुस १६ गते भव्य उद्घाटन कार्यक्रम गर्ने, कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केवि मसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ ।
यसैगरी भुवन चौधरी र खलुप्रसाद पुन रहेकेको साँस्कृतिक व्यवस्थापन उपसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविन प्रियासनको संयोजकत्वमा प्रचारप्रसार, तारा देवकोटाको संयोजकत्वमा अतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन, रूद्र बहादुर डाँगीको संयोजकत्वमा आवास तथा भोजन, ध्रुबकुमार श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिलाई केही दिनमै बिस्तार गरिनेछ ।
पर्यटन वर्षलाई भव्य बनाउनका लागि विभिन्न क्षेत्रको सहभागितामा जितेन्द्रमान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केवि मसाल, भुवन चौधरी, खलुप्रसाद पुन, राम गोपाल यादव, जागेश्वर घिमिरे, ध्रुवकुमार श्रेष्ठ, वीरू रावत, रविलाल आचार्य, रूद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, ईश्वर पाण्डे, टेकेन्द्रराज अधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देवकोटा,
कुसुम चौधरी, सविन प्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको काम कारवाहीलाई चुस्तदुरूस्त बनाउनका लागि ११ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *