सबैको रोजाईमा ‘यामाहा’

फिचर मुख्य खबर संवाद

बजारमा अहिले मोटरसाईकलको व्यापार बढेको छ । केही वर्षदेखि मोटरसाईकल चढ्नेहरु बढेसँगै मोटरसाईकल कम्पनीहरुले पनि बजार विस्तारका लागि नयाँ–नयाँ योजनाहरु सार्वजनिक गर्दै र ल्याउँदै आएका छन् । यसैबीच यामाहा मोटरसाईकलले प्राय प्रत्येक महिनाजसो मेघा एक्सचेन्जको अफर ल्याइरहेको छ । मोटरसाईकलको व्यापार र बजारको बारेमा यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ड्रिमल्याण्ड टे«डर्सका सञ्चालक राजेन्द्र श्रेष्ठसँग प्रदेश टुडेको टुडे सम्वादमा कुराकानी गरेका छौं । 


यामाहा एक्सचेन्ज अफर कहिलेसम्म चल्छ ?

हामीले यामाहाको एक्सचेन्ज अफर प्रत्येक वर्ष सञ्चालन गर्दछौँ । यो वर्षसम्मका लागि मात्रै हो भन्ने छैन । हामीले यो अफर प्रत्येक वर्ष ६ पटक सञ्चालन गर्छौ । २/३ महिनाको फरकमा वार्षिक रुपमा ६ पटक यो अफर चलिरहेको छ ।
यो बेलासम्मको लागि हो भन्ने छैन । हामी निरन्तर यो अफर सञ्चालन गरेको छौँ, गर्छौँ पनि । यो अफर अहिले ड्रिमल्याण्ड ट्रेडर्समार्फत सञ्चालन भईरहेको छ ।

यो अफर चलाउनुको उद्देश्य के हो ?

हाम्रो मुख्य उद्देश्य भनेको सेवा प्रदान गर्ने नै होे । प्रायः कम्पनीहरुले हाम्रो जस्तै दसैँ तिहारको समयमा विभिन्न स्किमसहित अफर लिएर आएका हुन्छन् । तर हामी दसैँ तिहारमा मात्र नभई समय–समयमा ग्राहकहरुको लागि मध्यनजर गर्दै यो सेवा प्रदान गर्दै आएका छौँ ।
हाम्रो कम्पनीले उत्पादन गरेका मोटरसाईकल तथा स्कुटर प्रयोग गर्नेहरुको लागि प्रत्येक महिना नभएपनि २ महिनाको अन्तरमा यो सुविधा प्रदान गर्न सकौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो । जसले गर्दा चाडपर्वको समयमा मात्र नभई अन्य समयमा ग्राहकहरुले सहुलियत प्राप्त गर्न सक्छन् ।
आफूलाई मन लागेको स्कुटर तथा मोटरसाईकलहरु प्रयोग गर्न सक्छन् । साटफेर गर्न सक्छन् । यसर्थ ग्राहकहरुलाई यामाहाको उत्पादन र सेवा सधै उपलव्ध होस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो ।

यामाहाकै उत्पादन प्रयोग किन गर्ने ?

यो के छ भने, यामाहाका जति पनि मोटरसाईकल, स्कुटर अन्य सवारी साधनहरु बजारमा आउँछन् सबै जापानीज टेक्नोलोजीमार्फत निर्माण गरिएका हुन्छन् । ब्राण्डेड कम्पनी भएकाले पनि यसका उत्पादनहरु राम्रा र गुणस्तरीय हुन्छन् । त्यति मात्र होइन । यस कम्पनीमार्फत बनाईएका गाडी मोटरका इन्जिनहरु एकदमै बलियो हुन्छ ।
आफूले चलाउन्जेलसम्म इन्जिन बिग्रँदैन । यदि आफूलाई नयाँ मोडेलको चलाउन मन लाग्यो भने साट्न सकियो तर यो इन्जिन बिग्रियो, काम नलाग्ने भयो भन्ने हुँदैन ।
अहिलेसम्म त्यस्तो भएको पनि छैन । यो हाम्रो व्यक्तिगतभन्दा पनि ग्राहकसँग जोडिएको कुरा भएकाले यामाहाका गाडी मोटरका इन्जिन कस्ता छन् ? भन्ने कुरा ग्राहकहरुबाट सोधे नी हुन्छ ।
त्यसैगरी माईलेज पनि एकदमै राम्रो छ । यस्तै यसको पर्फमेन्स पनि एकदमै राम्रो छ । जस्तोसुकै उमेर समूहका व्यक्तिहरुलाई सुहाउने खालेको उत्पादन छ । युवाहरुका लागि छुट्टै किसिमको छ ।
अलि उमेर पुगेकाहरुका लागि सोही अनुसारको उत्पादन बजारमा उपलब्ध छ । त्यसै एकल सवार र परिवारसहितको सवारका लागि सोही किसिमको मोटरसाईकल तथा स्कुटरहरु उपलव्ध छ ।
यसको स्ट्रलभ्यालु पनि राम्रो भएकाले यामाहा कम्पनीकै उत्पादनहरु सबैका लागि राम्रो र उपयुक्त छ । यसैले पनि ग्राहकहरु हाम्रो उत्पादनहरु प्रयोग गरेर खुशी र सन्तुष्ट छन् ।

यामाहाको उत्पादनले ग्राहकहरु सन्तुष्ट छन् भन्नुभयो, सन्तुष्टीको मापन कसरी गर्नुभयो ?

हामीले बिक्रीलाई मात्र हेर्दैनौँ । आफ्नो कम्पनीले उत्पादन गरेका सामाग्रीहरु बिक्री वितरण भईसकेपछि पनि हामी आफ्नो सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । बिक्रीपछिको जुन सेवा कम्पनीले उपलव्ध गराएको छ ।
त्यसको आधारमा पनि सेवाग्राहीहरु खुशी हुनुहुन्छ । मुख्यतः सन्तुष्टीको मापन भनेको ग्राहकको प्रतिक्रिया हो । उहाँहरुले कस्तो प्रतिक्रिया दिनुहुन्छ ? भन्ने आधारमा हामीले ग्राहक खुशी छन् की छैनन् ? भन्ने हो ।
एकपटक प्रयोग गरेका ग्राहकहरुले अर्को पटक पनि यामाहाकै मोटरसाईकल तथा स्कुटर प्रयोग गरिरहेका छन् । मलाई मन परेन, यस्तो छ, उस्तो छ, अर्को लैजान्छु भन्ने छैन ।
पुरानो भयो अर्को लैजान्छु भनेर फेरी–फेरी हाम्रै कम्पनीका गाडी मोटरहरु प्रयोग गर्दै आएका छन् । आफूले मात्र नभई नयाँ प्रयोगकर्ताहरुलाई पनि यामाहाकै उत्पादन प्रयोग गर्नुपर्छ भनेर अरुलाई समेत सुझाव दिने गर्छन् भने यो पनि त सन्तुष्टी नै हो ।
त्यस्तै हाम्रो कम्पनीले प्रदान गर्ने बिक्रीपछिको सेवाका कारण पनि ग्राहकहरु खुशी हुनुहुन्छ । यदि कोही व्यक्तिले हाम्रो कम्पनीबाट मोटरसाईकल वा स्कुटर किनेर लग्यो भने हामी निरन्तर उसलाई के समस्या छ ?
के भईरहेको छ ? कस्तो छ ? भनेर आफै फोन गरेर समस्याहरु बुझ्ने गर्छौँ । बिक्रीपछिको सेवा ठूलो भएकै कारणले पनि सेवाग्राहीहरु खुशी भएका हुन् ।
त्यसैगरी कसैले मोटरसाईल तथा स्कुटर किन्यो भने त्यसको २ वर्षको वारेन्टी प्रदान गरेका हुन्छौँ । त्यो समयावधिभित्र केही समस्या आयो कि आएन भनेर पटक–पटक हामी बुझ्ने प्रयास गछौँ । यसर्थ पनि ग्राहकहरु सन्तुष्ट भएका छन् ।

ईच्छुक प्रयोगकर्ताहरुलाई तपाई के भन्नुहुन्छ ?

सर्वप्रथम म यामाहाको उत्पादन प्रयोग गर्न चाहने ईच्छुक प्रयोगकर्ताहरु यामाहाका टेक्नोलोजीहरु एकदमै अब्बल रहेको जानकारी दिन चाहन्छु । अहिले बजारमा जति पनि उत्पादनहरु बिक्रीका लागि राखिएका छन् । त्यसमध्ये यामाहाका कम्पनीका हरेक उत्पादनहरु सबैभन्दा राम्रा छन् ।
यस कम्पनीले जति सक्यो राम्रो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ प्रविधिहरुको प्रयोगलाई बजारमा ल्याएको छ । जसरी तिव्र गतिमा प्रविधिको विकास भईरहेको छ सोही अनुसार हामी पनि अगाडि बढिरहेका छौँ ।
यो होइन की हाम्रै उत्पादन प्रयोग गर्नुपर्छ । तर समय–समयमा यस कम्पनीका उत्पादनहरु कस्ता छन् भनेर प्रत्यक्षरुपमा बुझ्न सकिन्छ । आएर प्रयोगात्मक रुपमा पनि बुझेर जान सकिन्छ । यसका कुनै समस्या छैन ।

अन्त्यमा यो अफरको बारेमा केही छ की ?

विशेषतः यामाहा कम्पनी जापानीज कम्पनी हो । यस कम्पनीले निर्माण गरेका जुनसुकै गाडी मोटरहरु टिकाउपन र भरपर्दो छन् ।
ग्राहकहरुका लागि मध्यनजर गर्दै हामीले समय–समयमा एक्सचेन्ज अफरहरु सञ्चालन गर्दै आएका छौँ । यो अफरमा हामीले बजार मूल्यभन्दा १५ हजार बढी मूल्य प्रदान गरेका छौँ ।
यस्तै नगद कारोवार गरी नयाँ लिनेहरुका लागि रु ७ हजार छुट र हेल्मेटसमेत प्रदान गर्ने गरेका छौँ । यस्तै समय–समयमा आवश्यक पर्ने निःशुल्क परामर्श, सल्लाह, सुझाव तथा सहयोग समेत यो अफरमार्फत प्रदान भईरहेको छ ।
यसर्थ सहुलियत दरमा बलियो इन्जिनसहितको गाडी मोटरहरु प्रयोग गर्न चाहनेहरुका लागि यो अफर एकदमै राम्रो भएको जानकारी गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *