सडक कालोपत्रेले ल्यायो स्थानीयमा खुशी

मुख्य खबर समाज

घोराही, २० असार ।
बर्षायाममा हिडडूल गर्न असजिलो हुने सडक अहिले फराकिलो र पक्की बनेपछि लमही नगरपालिका वडा नम्वर ७ का स्थानीयबासी खुसी देखिएका छन् ।
सडक पक्की भएसँगै उत्पादित कृषिजन्य वस्तु ढुवानीमा सहज भएकोले आफूलगायत लमही नगरपालिका–७ बनघुस्रीका स्थानीयहरु सबै खुशी छन् स्थानीय प्रेमलाल चौधरीले बताए ।
चालु आर्थिक वर्षमा स्थानीय तहले सडक निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको र वडास्तरबाटै सडक निर्माणसम्बन्धी योजनालाई प्राथमिकतामा राखेर योजना पठाउँदा आफूहरुले पनि सडक निर्माणलाई एक नम्बर योजनामा राखी बजेट विनियोजन गर्नुपरेको भौतिक तथा पूर्वाधार निर्माण संयोजक एवं लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताए । गिरीका अनुसार पाँच वर्षीय रणनीतिक योजनाअन्तर्गत प्रत्येक गाउँबस्ती सडक सञ्जालसँग जोड्ने योजना छ । पहिले निर्माण भएका बाटोहरु पक्की तथा ग्रावेल गर्ने योजना अनुसार वडा, नगरपालिका र केन्द्रीय तहबाट गरी ४ करोड ८३ लाख बढी रकम बजेट विनियोजन गरेर सडक निर्माणका लागि काम गरेको अध्यक्ष गिरीले जानकारी दिए ।
लमही नगरपालिका वडा नम्वर ७ को कार्यालयले यस आर्थिक वर्षमा तीन किलोमिटर पक्की सडक र सात हजार पाँच सय मिटर बाटो विस्तार तथा ग्राभेलको कार्य सम्पन्न गरेका बताएको छ । लमही नगरपालिका राजमार्गदेखि हस्नापुरसम्म दुई किलोमिटर सडक कालोपत्रे भएपछि त्यहाँका स्थानीयहरुलाई आवतजावत गर्न निकै सहज भएको स्थानीय रेशम चौधरी बताउँछन् । सडकमा सुधार आएपछि स्थानीयहरु पनि खुसी छन्, बर्षातको समयमा हिड्ने बेला साइकलबाट लडिन्थ्यो, अहिले बाटो पिच हुँदा खुसी लागेको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरका मन्साराम चौधरीको भनाइ रहेको छ ।
निर्वाचित जनप्रतिनिधिहरु दोस्रो पटक योजना तथा कार्यक्रम छनोटका लागि बस्तीस्तरमा जाँदा वडाबासीहरु निकै उत्साहसँगै आफ्ना योजनाहरु मागेको वडा तथा कार्यपालिका सदस्य राधा केसीले बताइन् । हामीले प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरेको हुँदा योजनाका कामहरु जनताले चाहेजस्तो काम गरेझैँ लागेको केसीले भनाइ रहेको छ ।
वडा नम्बर ७ मा आर्थिक वर्ष २०७४÷०७५ का योजना तथा कार्यक्रमअन्तर्गत वडाबासीहरुलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्य अनुरुप ९३ हजार लिटरको खाने पानी ट्याङ्की निर्माण, वडाकै बन्गैमा ३३ हजार क्षमता भएको खानेपानी ट्याङ्की, नयाबस्तीमा ३७ हजार क्षमता भएको खानेपानी ट्याङ्की र उच्चा निम्वुमा २३ हजार क्षमता भएको खानेपानी ट्याङ्की गरी कुल ४४ लाख २३ हजार बराबरको लागतमा निर्माण कार्य सम्पन्न भैसकेको छ । २०७५÷०७६ मा आर्थिक वर्षमा त्यही योजनालाई पूर्णता दिने गरी योजना तथा कार्यक्रम समावेश गरिएको वडा अध्यक्ष मोहन गिरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *