सडक अवरुद्ध

मुख्य खबर समाज

तुलसीपुर, २२ साउन । दंगीशरण वडा नम्बर १ र २ को मुल सडक नै अवरुद्ध भएको छ । वडा नम्वर २ को तुईसोतामा बाढीले सडक बिगारेपछि मुल सडक अवरुद्ध भएको हो । गोल्टाकुरीको मुख्य समस्याका रुपमा रहेको तुईसोतामा पुल नहुँदा यो समस्या आएको वडा अध्यक्ष तुलसीराम देवकोटाले बताए । यसरी मुल सडक अवरुद्ध भएपछि यातायातका साधन दमारगाउँबाट घुमेर आवतजावत गर्नुपर्ने बाध्यता भएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
वडा नम्वर २ को तुइसोता, कौवाघरी, सातटाकुरामा सडक बिग्रिएको छ । यसरी बिग्रिएको सिम्तारा कौवाघारी र सातटाकुरामा ग्राभेल गरेको अध्यक्ष तुलसीराम देवकोटाले जानकारी दिए । यसरी सडकको अवस्था जीर्ण बन्दै गएपछि जनप्रतिनिधि आफै सडक मर्मतमा खटेका छन् । साविकको गोल्टाकुरी गाविस पर्ने त्यी वडामा वर्षातको कारण सडक बिग्रिएपछि जनप्रतिनिधि नै सडक मर्मतमा लागेका हुन् । गोल्टाकुरीको रामपुर, ओविचिरा, सातटाकुरामा सडकको अवस्था जीर्ण बनेको छ । मंगलबार मात्रै रामपुरको चौधरी गाउँमा र ओविचिरामा मर्मत गरिएको वडा अध्यक्ष श्रीप्रसाद चौधरीले जानकारी दिए । वडाका युवराज खड्का, युवराज विष्टलगायतका युवाले पानी र चाउचाउको भरमा सडक मर्मतमा लागेको अध्यक्ष चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *