सडकमा सास्ती

सम्पादकीय

सडकहरुमा अहिले विभिन्न प्रकारको सकस देखिएको छ । सवारी ब्यवस्थापनका लागि कुनै पनि निकाय गम्भीर बनेका छैनन् । बजारमा भुस्याहा कुकुरले त्यस्तै सास्ती दिइरहेका छन् । छाडा चौपायको त कुरै गर्नु भएन । सबैबाट अहिले सडक सास्ती बढिरहेको छ ।
सहरी क्षेत्र या ग्रामीण क्षेत्र सबै स्थानमा यो समस्या अत्याधिक देखिन्छ । स्थानीयस्तरमा देखिने यस्ता समस्याको ब्यवस्थापन र समाधानमा स्थानीय सरकार जिम्मेवार हुनसके राम्रो हुनेछ ।
त्यो अधिकारलाई स्थानीय तहले प्रयोग गर्न सकेमा सडकमा देखिने सडकलाई सहजै व्यवस्थापन हुनेछ । पछिल्लो समय सबैभन्दा बढी छाडा चौपाया र भुस्याहा कुकुरले सबैलाई हैरान पार्दै आएका छन् ।
यी दुई विषयको व्यवस्थापन हुनसकेमा सास्तीबाट आजित बनेका नागरिकहरुले राहत महसुस गर्नेछन् । सबै सेवा सुविधा र स्थानीयस्तरबाट ब्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहमा छ । तर साना–साना समस्या समाधानका लागि स्थानीय सरकार जिम्मेवार भएको देखिदैन ।
अहिले स्थानीय सरकार र सरोकारवाला पक्षलाई सडक ब्यवस्थापन, छाडा चौपाया, भुस्याहा कुकुर ब्यवस्थापन चुनौती बन्दै गएको छ । पछिल्लो समयमा जिल्लामा भुस्याहा कुकुर र छाडा चौपायाको बिगबिगी छ । सडकमा अत्यधिक देखिन्छन् ।
यसले नागकिलाई पीडा मात्रै हैन सास्ती पनि बढाइरहेको छ । भुस्याहा कुकुर छाडा चौपाया व्यवस्थापन गर्ने अभियानमा तुलसीपुर, घोराही उपमहानगर लागेपछि त्यो सफल हुन सकेका छैनन् ।
त्यसको उपलब्धि भने देखिएको छैन । त्यसको प्रभावकारिता पनि शुन्यजस्तै छ । व्यवस्थापनलाई नीतिगत रूपमै दीर्घकालिन रुपमा लग्न सकेमा आगामी दिनमा हुने सडक समस्या कम हुने थियो ।
चोक–चोकमा देखिने भुस्याहा कुकुरको ब्यवस्थापन अहिले अनिवार्य र अपरिहार्य जस्तै भएको छ । भुस्याहा कुकुरको बिगबिगी बजार क्षेत्रमा मात्रै चोक–चोकमा छ ।
ग्याङ बनाएरै बसेका भुस्याहा कुकुरले बटुवादेखि सवारी साधनसम्म आक्रमण गर्न पछि पर्दैनन् । त्यसले आम नागरिकलाई सास्ती दिइरहने हुँदा यसको ब्यवस्थापन अनिवार्य देखिन्छ ।
सडक व्यवस्थापन र छाडा वस्तुको नियन्त्रण र व्यवस्थापन हुन नसके ती बाट मानिसमा पर्ने सम्भावित असरहरुले ठूलो रुपम लिने पक्का छ । सडकमा छाडा चौपाया र भुस्याहा कुकुरको संख्या बढ्दै जाने र आक्रमण पनि बढ्दै जाने अवस्था आउन दिनु हँदैन । चौपाया र कुकुरले बाटोमा दिने पीडा र सास्तीले नागरिक आजित जस्तै छन् ।
स्थानीय सरकारले छाडा चौपाया र भुस्याहा कुकुर ब्यवस्थापन प्राथामिकता दिनुपर्छ । स्थानीय तहहरुले यो विषयमा गम्भीर भएर कार्ययोजना बनाएर ब्यवस्थान थाल्नुपर्छ । नागरिकलाई सास्तीबाट रोक्ने काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *