सडकको स्तरोन्ती हुनुपर्छ

समाज

घोराही, ९ पुस । नमस्ते राप्ती यातायात प्रालिले सडकको स्तरोन्नती गर्नको लागि माग गरेकोे छ । साँघुरो र जीर्ण सडकको कारण सवारी दुर्घटना भईरहेको र मानवीय क्षति भईरहेकाले सडकको स्तरोन्नती हुन सके दुर्घटना न्यूनीकरण हुने प्रालिले बताएको छ । प्रालिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर पुस ६ गते नमस्ते यातायात प्रालिबाट सञ्चालित बा ४ ख ९७६६ नम्बरको बस कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयवाट शैक्षिक भ्रमणबाट फर्कने क्रममा भएको विभत्स सवारी दुर्घटनामा परेर मानवीय क्षति भएको प्रति दुःख व्यक्त गरेको छ । दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै प्रालिले सडक स्तरोन्नतीको मागसमेत गरेको हो ।
प्रालिका अध्यक्ष बामदेव खनालले सवारी दुर्घटना प्रालि परिवार मर्माहत एवं स्तब्ध भएको बताए । सवारी दुर्घटनामा उद्धारमा सहयोग गर्ने स्थानीय सरकार, प्रहरी प्रशासन, नेपाली सेना, नागरिक समाज, राजनीतिक दल, स्वास्थ्यकर्मी, पत्रकार र व्यवसायीलाई धन्यवाद दिदै घाइतेहरुलाई उपचारको लागि काठमाडौँ लैजान हेलिकोप्टरको व्यवस्था गर्ने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई आभार प्रकट गरे । सवारी दुर्घटनामा ज्यान गुमाएकोहरुको लागि प्रति ब्यक्ति नियम अनुसार पाउने पाँचलाख क्षतिपूर्तिको ब्यवस्था भइसकेको खनाले बताए । यसैबीच नेपाली काँग्रेस दाङले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस उपसभापति कमानसिंह भारतीले शोक विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा परि मृत्यु हुनेहरुमा समवेदना र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *