- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसडकको सास्ती

सडकको सास्ती

- Advertisement -spot_img

तुलसीपुर, २ भदौ । तुलसीपुर कटाहा हुँदै बेल्टाकुरा दामोदर सडक जोड्ने सडकखण्डमा यात्रा गर्ने यात्रुहरुको यात्रा कष्टकर बन्दै गएको छ । सडक विस्तार गर्ने क्रममा विवाद उत्पन्न भई केही ठाउँमा सडक विस्तार तथा निर्माण हुन नसक्दा पैदलयात्री, मोटरसाईकल तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ । वर्षामा पानी परेसँगै उक्त सडकमा सवारी साधनहरु अनियमित हँुदै आएका छन् । गत वर्षदेखि कालेपत्रेका लागि निर्माण कार्य शुरु भएकोमा कटाहास्थित रईबहादुर बस्नेत र टिका कुमारी डाँगीले आफ्नो जग्गा कुनै पनि हालतमा काट्न नदिने अडान राखेपछि शुरु भएको विवाद अहिले उच्च अदालत तुलसीपुरमा पुगेको छ । अन्तिम सुनुवाई नहुँदासम्म सडक के गर्ने भन्ने अन्यौलले ठेकेदारले विवादित ठाउँहरुमा काम रोकेका हुन् । अन्यत्र लोलरले दाबेर सडक राम्रो भएपनि झण्डै ५ सय मिटर सडकमा ठूला– ठूला खाल्डा भई पानी भरिदा आवातजावतमा बाधा पुगेको छ । वडा कार्यालयको पहलमा धेरै मेहनत भएपनि विवाद नमिलेपछि अन्तत उच्च अदालतमा मुद्दा चलेको हो । राइखलियान, गौरीगाउँ, कटाहादेखि बेल्टाकुरासम्मका हजारौ व्यक्तिहरुले सडक विस्तारमा सहयोग गरेपनि दुईजनाको अवरोधका कारण सडक निर्माण कार्य अलपत्र अवस्थामा पुग्दा दुःखद् भएको यात्रुहरुको गुनासो छ । सबैको जग्गा काट्दा कोही नबोल्ने तर दुईजनाको कारणले सडक अवरुद्ध भएको भन्दै त्यस क्षेत्रका बासिन्दाहरुले आक्रोश व्यक्त गरेका छन् । ति दुईजनाले तत्काल सडक निर्माणमा सहज वातावरण निर्माण नगरे सडक नै अवरुद्ध गर्ने स्थानीयहरुले चेतावनी समेत दिएका छन् । उक्त क्षेत्रमा दैनिकजसो मोटरसाईकलहरु दुर्घटनामा पर्ने गरेका छन् । अत्यावश्यक सडकलाई तत्काल निर्माण अघि बढाई हजाराँै यात्रुहरुमा सहजता प्रदान गर्न सम्बन्धित निकायको समेत स्थानीयहरुले ध्यानाकर्षण गराउँदै आएका छन् । आधा दर्जन बढी गाउँलेहरुले प्रयोग गर्ने उक्त सडक अस्तव्यस्त हुँदा हैरानी बेहोर्नु परेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here