Monday, April 15, 2024
Homeखेलकुदसटपुटमा चन्द्रकलाको नयाँ रेकर्ड

सटपुटमा चन्द्रकलाको नयाँ रेकर्ड

- Advertisement -spot_img

बेल्झुण्डी (दाङ), ६ बैशाख । दाङको बेलझुण्डीमा बिहीबारदेखि आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत एथ्लेटिक्सका इभेन्टहरु सुरु भएका छन् । बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला, पुरुष र सटपुटका इभेन्ट सकिएका छन् ।
१ सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छन् । उनले १२ दशमल १९ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश नम्बर ५ की जयरानी चौधरीले १२ दशमलव १९ सेकण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ दशमलव ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भएकी हुन् ।
यसैगरी एक सय मिटर पुरुष दौडमा विभागीय क्लव एपिएफका आशिष चौधरीले स्वर्ण पदक जिते । ११ सेकण्डमा दूरी पूरा गरे । कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलव १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भएका छन् ।
१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पछाईसँग समय भने समान रहेको थियो । पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो ।
यस्तै प्रदेश ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितेकी छन् । १० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पूरा गरेका छन् ।
गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।
सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।
त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन् । उनले नयाँ रेकर्ड राखेकी छन् । उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् ।
उनले आफनै पुरानो रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको रेकर्ड ब्रेक गरेकी हुन् । यसैगरी प्रदेश नम्बर ५ की संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

क्रिकेटमा एपीएफ विजयी

लमही, ५ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरीको (एपिएपफ)ले ७ विकेटले जित हासिल गरेको छ । प्रदेश नम्बर ७ ले टस जितेर व्याटिङ गर्दै १८.४ बलमा सबै विकेट गुमाएर ७१ रन जोड्न सफल भएको थियो ।
विन्दु रावलले सर्वाधिक १५ रन र रुवि पोदारले १२ रन जोडेका थिए । बलिङतर्फ एपिएफका करुणा भण्डारी ३ विकेट, सरिता मगर २ विकेट, रितु कनोजिया र सोनु खड्काले १÷१ विकेट लिएका थिए ।
७२ रनको लक्ष्य लिएर उत्रिएका एपीएफको टिमले १२.४ ओभरमा लक्ष्य पूरा गरेको हो । ज्योति पाण्डे ३१, सरिता मगर २२ र करुणा भण्डारीले १० रन जोडेका थिए ।
जवाफमा वलिङतर्फ कविता जोशि, जानकि भट्ट र लक्ष्मी साउदले समान १÷१ विकेट लिएका थिए । आज शुक्रबार बिहान प्रदेश नम्बर ५ र प्रदेश नम्बर ४ को बिचमा र दिउँसो एपिएफ र प्रदेश नम्बर ३ बीच प्रतियोगिता हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here