- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsसघन शहरी तथा भवन निर्माण सात महिनामा ३१ करोड खर्च

सघन शहरी तथा भवन निर्माण सात महिनामा ३१ करोड खर्च

- Advertisement -spot_img

सपना बोहरा
घोराही, १६ फागुन । सघन शहरी तथा भवन निर्माण आयोजना दाङमा ७६ करोड ७३ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको त्यो रकममध्ये ३१ करोड ३७ लाख ५३ हजार ८ सय ९९ रूपैयाँ खर्च भएको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । आयोजनाले दाङमा नयाँ सहर योजना, सघन सहरी विकास कार्यक्रम, एकीकृत स्वास्थ्य कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, भवन निर्माण संहिताको क्षेत्रमा काम गर्दै आएको छ ।

आयोजनाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६९ करोड ६९ लाख ६३ हजार ३ सय ८१ रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये २६ करोड २६ लाख ३० हजार ९ सय ३९ रूपैयाँ खर्च भएको छ । त्यसैगरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २ करोड ६३ लाख ९२ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये १ करोड ७२ लाख ९७ हजार रूपैयाँ खर्च गरेको छ । आयोजनाका अनुसार भवन निर्माण (संहिता सरकारी भवन निर्माण)मा २ करोड १ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसमध्ये १ करोड ९२ लाख ३२ हजार रूपैयाँ खर्च भएको छ । त्यसैगरी संघीय शहरी विकास कार्यक्रममा १ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ५३ लाख ३२ हजार रूपैयाँ खर्च भएको छ । आयोजनाका अनुसार १ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसमध्ये १ करोड १४ लाख ९५ हजार रूपैयाँ खर्च भएको छ ।

आयोजनाका कामहरू धेरै सम्पन्न भएपनि रकम भुक्तानीको प्रक्रियामा रहेकाले खर्च कम देखिएको सघन शहरी तथा भवन निर्माण आयोजनाका ईन्जिनियर संजीव कुमार शाहले जानकारी दिएका छन् । ‘कोभिड–१९ का कारण कार्यक्रम सम्झौता गर्न ढिलाई भएको हो’ ईन्जिनियर शाहले भने ‘तर आयोजनाका धेरै जसो कामहरू सम्पन्न भईसकेका छन् ।’

आयोजनाले दाङमा नयाँ सहर योजना, सघन सहरी विकास कार्यक्रम, एकीकृत स्वास्थ्य कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, भवन निर्माण संहिताको क्षेत्रमा काम गर्दै आएको छ ।


आयोजनाले प्याकेजमा सघन शहरी विकास कार्यक्रमा गरेको छ । आयोजनाले तीनवटा प्याकेजमा ठूला आयोजनाका कामहरू गरिरहेको ईन्जिनियर शाहले बताए । शाहका अनुसार नारायणपुर साविक (पुरानो गाविस) भवनदेखि नारेवाङ, सर्रा–सौडियार, नारायणपुर प्रहरी चौकीदेखि दक्षिणतर्फको थारू गाउँको सडक निर्माण भईरहेको छ ।

त्यसैगरी घोराही उपमहानगर–पालिकाको विपी मार्ग, बालिम खोला–सिमलतारा, प्रहरी बोर्डिङ–खिरिटिया, मालपोत कार्यालय घोराहीदेखि सैनिक ब्यारेक हँुदै भरतपुर, झिंगौरा आश्रमदेखि गोर्खा अस्पताल हुँदै भेटनरी, ल्याण्डफिल्ड साईड हँुदै बाहुनडाँडा चोक हुँदै लेटारसम्म सडक निर्माण भएको ईन्जिनियर शाहले बताए ।

त्यसैगरी रतनपुर चोकदेखि अटोभिलेज, तेरौटो स्कुलदेखि बासबोटसम्मको सडक, ढल, बसपार्क चोक सुधारसम्बन्धी निर्माणको काम भएको उनले बताए । त्यसैगरी बासबोट, बासगजेरी–तुलसीपुरको आँखा अस्पतालसम्मको सडक निर्माणका कामहरू भएको आयोजनाका ईन्जिनियर शाहले बताए ।

त्यसैगरी नयाँ शहर आयोजनाअन्तर्गत तीनवटा सडक निर्माणका काम भएको आयोजनाले जनाएको छ । गढवा गाउँपालिका–१ जुराउनी–चिसापानी हुँदै धानोला जोड्ने सडक, गढवा गाउँपालिका वडा नं. ५ मधर–नोखरपुर–लालपुर हुँदै धरमपुरसम्म जोड्ने सडक, गढवा बुद्धज्योति स्कुल–झिंगाहा गाउँ–बसपार्क–देउखुरी गाउँ–हान्तिपाखर–राप्ती पुल सडक निर्माणका कामहरू भएका छन् । त्यसैगरी जेठान गाउँदेखि बबहरा ग्रामीण सडक निर्माणको काम भएको शाहले जानकारी दिए ।

त्यसैगरी लमही नगरपालिका वडा नं ५ मा शान्तिपार्क पूर्वाधार निर्माणको काम भईरहेको छ । त्यसको लागि १ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ । आयोजनाले सघन सहरी विकासका कार्यक्रमहरूलाई पनि तिव्रता दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here