- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरसक्सेसमा आँखा शिविर

सक्सेसमा आँखा शिविर

- Advertisement -spot_img

तुलसीपुर, १८ जेठ ।
पछिल्लो समयमा विद्यालयहरुमा आँखा शिविर बढ्न थालेका छन् । विद्यार्थीहरुको लागि तुलसीपुरमा सञ्चालन भएका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई मध्यनजर गरेर निःशुल्क आँखा जाँच राख्न लागेका हुन् । यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको सप्तरंगी इङ्लिस स्कुल (सक्सेस)मा शुक्रबार आँखा शिविर गरिएको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले जानकारी दिए । उनले विद्यालयमा ५ सय ८० जना विद्यार्थीहरुको आँखा चेकजाच गरिएको र २२ जनामा दृष्टी कमजोर रहेको पाइएको बताए ।
आँखामा समस्या आएका विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरणका साथै औषधीसमेत निःशुल्क वितरण गरिएको थियो । हरेक ६÷६ महिना वा एक वर्षमा सबै व्यक्तिले आँखा जाँच गराउनु पर्ने भएपनि मानिसहरुले आँखा चेकजाँच नगराउदा विभिन्न समस्या भोग्नु परेको आँखा चिकित्सकहरुले बताएका छन् । खासगरी विद्यालयमा अध्ययन गर्ने स–साना बालबालिकाको आँखा अभिभावकले अनिवार्य जाँच गराउनुपर्ने भएपनि विद्यार्थीहरुको आँखा चेकजाँच नहुँदा उनीहरुले अध्यनमा समेत समस्या भोग्दै आएको उनहरुको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here