- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरसकियो वार्षिक समीक्षा

सकियो वार्षिक समीक्षा

- Advertisement -spot_img

घोराही, १० असोज । जिल्लास्तरीय वार्षिक समीक्षा बिहीबार सकिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको समीक्षा गोष्ठीमा जिल्लाका दशैवटै पालिका, जिल्लामा रहेका संघीय, प्रदेशस्तरका कार्यालय र गैरसरकारी संस्था गरेर ३५ को सहभागिता रहेको थियो ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वलीले जनताको अपेक्षा अनुसार काम गरेर जानुपर्ने बताइन् ।
‘सबै सरकारले अबका वर्षलाई विकास र समृद्धिको वर्षको रुपमा लिनुपर्छ’ सांसद वलीले भने ‘त्यो अनुसार योजना बनाएर काम गर्नुपर्छ ।’ कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी सांसद वलीले पालिकाहरुले योजना बनाउँदा जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुमा ध्यान दिन सुझावसमेत दिइन् ।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलगायतले मन्तव्य राखेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण इन्द्र डिसीले गरेका थिए ।
बिहीबार तुलसीपुर उपमानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, शहरी विकास भवन, घरेलु तथा साना उद्योग, भूमिगत जलस्रोत, प्रगन्ना बड्का पथ, स्वास्थ्य कार्यालय, वृहत् दाङ उपत्यका सिंचाई आयोजना, नापी कार्यालय,
भेटनरी कार्यालय र गैरसरकारी संस्थाहरु बेस, ओरेक, सुआहारा, सहकर्मी समाज, महिला सामुदायिक केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, इजिआरपीलगायतले आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । गोष्ठी बुधबार र बिहीबार गरेर दुई दिनसम्म चलेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here