सकारात्मक सोंचले आचारण परिर्वतन हुन्छ

समाज

तुलसीपुर, २९ पुस । सुखी जीवन स्वस्थ्य समाजका लागि उत्प्रेरण कार्यक्रम शुक्रबार तुलसीपुरमा भएको छ । तुलसीपुर उपमहानगरपालिका तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राप्तीको संयुक्त आयोजनमा सकारात्मक सोचका विषयमा प्रशिक्षण दिएको थियो । ब्रह्माकुमारीका सञ्चालिका गीता दिदीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यबाहक प्रमुख आचार्यले सकारात्मक सोंचले मानसिक स्वस्थ्य हुने बताइन् । यदि मानिसको मानसिक रुपमा स्वस्थ्य हुनसके मानिस स्वस्थ्य हुने बताइन् । त्यस अवसरमा प्रशिक्षक रमण भट्टराईले मानिसलाई कसरी उत्प्रेरक बनाउन सकिन्छ, उत्प्रेरक बन्नका लागि चाहिने टिप्स, सकारात्मक सोंचबाट हुनसक्ने परिवर्तनका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, अधिकारकर्मी, पत्रकार, नागरिक समाज, विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तब्य अनिता र सहजीकरण शिवलालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *