- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसंस्कृत विश्वविद्यालयलाई सरस्वतीको मूर्ति

संस्कृत विश्वविद्यालयलाई सरस्वतीको मूर्ति

- Advertisement -spot_img

बेलझुण्डी, २७ । राष्ट्रिय समाजसेवी तथा ललितपुर महानगरपालिका वडा नम्बर १५ ताल्छीखेल महालक्ष्मी निवासी प्रोफेसर डा. जगदीश वैद्यले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई एक कार्यक्रम बीच हंश बाहिनी सरस्वतीको मूर्ति बुधबार बेलझुण्डीमा हस्तान्तरण गरेका छन् । विश्वविद्यालयमा स्थापनार्थ उपहार स्वरुप पाँच लाख ५५ हजार बराबरको तीन फिटको सिगमर पथरको मूर्ति डा. वैद्यले हस्तान्तरण गरेका हुन् ।
उक्त मूर्ति भारतको मध्यप्रदेश उज्जेन महाकालेश्वर ज्योर्तिर लिङ्ग क्षेत्र विक्रममा दत्य शहरमा निर्माण भएको हो । नेपाल संस्कृत विश्वविद्यालयलाई करिब एक सय ८९ किलोको पञ्चधातुको घण्ट आधुनिक डिजिटल घडी मन्दिरको चारतर्फ लगाउने कलात्मक घण्टसमेत डा. वैद्यले प्रदान गर्ने बचन दिए । समाजसेवामा क्रियाशील डा. वैद्यले सामाजिक क्षेत्रमा काम गरेबपत राष्ट्रिय समाजसेवीको विशिष्ट श्रेणीको दर्जासमेत पाइसकेका छन् । मूर्ति हस्तान्तरण कार्यक्रमा विश्वविद्यालयलाई सरस्वतीको मूर्ति प्रदान गर्ने राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यलाई कुल सचिव कार्तिके झाँले धन्यावादसमेत दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here