संस्कार पार्टी प्यालेस सञ्चालन

मुख्य खबर

घोराही, १ जेठ । घोराही उपमहनगरपालिका वडा नम्बर १५ काठेकोहलमा संस्कार पार्टी प्यालेस सञ्चालनमा आएको छ । दाङका पदम भण्डारीले घोराही उपमहनगरपालिका वडा नम्बर १५ काठेकोहलमा जग्गा लिजमा लिएर संस्कार पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् ।
करिव ३० लाखको लागतमा निर्मित उक्त पार्टी प्यालेसमा जन्म, विवाह पार्टीलगायतका कार्यक्रमसँगै होटल रेष्टुरेन्टको सेवा प्रवाह गरिने सञ्चालक भण्डारीले बताए ।
प्राय युवाहरु विदेश रहदा आफ्नै ठाउँमा केही व्यवसाय गरेर अरुलाई पनि रोजगारी दिनुपर्ने सोचका साथ आफूले पार्टी प्यालेस सञ्चालनमा ल्याएको बताए ।
संस्कार पार्टी प्यालेस सञ्चालनका पदम भण्डारीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालको प्रमुख आतिथ्यमा प्यालेसको उद्घाटन गरिएको थियो । प्रमुख अतिथि भुसालले पछिल्लो समय युवाहरु विभिन्न व्यवसायतर्फ आकर्षित हुनु आफैमा सुखद् पक्ष भएको बताए ।
विशिष्ट अतिथि दाङ जिल्ला होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले अवसर र चुनौती दुबै रुपमा होटल व्यवसाय रहेको बताउँदै गुणस्तरीयता, शुद्धता, सरसफाइ र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण नरेश अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *