संस्कारयुक्त आधुनिक शिक्षा

फिचर संवाद

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा हिमाल एकाडेमी तुलसीपुर–६, दाङका प्रिन्सिपल मधुसुदन के.सी. सँग गरिएको कुराकानीको सारसंक्षेप ।


नयाँ शैक्षिक सत्रको योजना के छ ?
हामी यो नयाँ शैक्षिक सत्रमा नयाँ विचारका साथ अगाडि बढेका छौँ । बाल मनोविज्ञानमा आधारित रहेर यो शैक्षिक सत्रदेखि संस्कारयुक्त, संस्कृतका लागि हामी कक्षा ६ देखि ८ सम्ममा ५० पूर्णाङ्कको ज्योतिष विद्यासहित संस्कृत शिक्षा अध्यापन गराउने प्रयास गरेका छौँ ।
विद्यार्थीमा आदर, संस्कार र सम्मान हरायो भन्छन् नि, के पाउनुभएको छ ?
निश्चय नै हजुरले भनेजस्तो प्रविधिको प्रयोगले केही भागमा विद्यार्थीमा मानमर्यादा, संस्कार र संस्कृति हराइरहेको आभाष भईरहेको छ । त्यही कारणले प्रविधियुक्त संस्कारी शिक्षाको पहलमा हामी अघि बढिरहेका छौँ ।
यसको संरक्षणका लागि विद्यालयले कस्ता गतिविधि संचालन गरेको छ ?
हामी नयाँ उमंगका साथ समाजमा केही नयाँ गर्नुपर्दछ र बदलिदो विश्व परिवेश अनुसारको दक्ष जनशक्ति निर्माण गरिनुपर्दछ भन्ने अभिप्रायका साथ पूर्ण प्रविधियुक्त Digital School घोषणा छिट्टै गर्दैछौँ । विद्यालयका सम्पूर्ण गतिविधिहरु हाम्रो अभिभावकले विश्वको जुनकुनै ठाउँमा बसेर हेर्न सक्नुहुन्छ ।
निजी विद्यालयमा विकृति देखिएको छ, हो ?
तपाईले भनेजस्तै केही सीमित विद्यालयहरुमा विकृति होलान् । हामीले सबैलाई एकै नजरले हेर्नु हुँदैन । हामी विकृतिलाई कम गर्दै रचनात्मक क्रियाकलापतर्फ उन्मुख छौँ ।
साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिएका छौँ । निश्चय नै यस्ता आरोप आउँछन्, तर त्यसलाई सुझावको रुपमा लिएर हामी अघि बढिरहेका छौँ । दण्डरहित शिक्षा र बालमैत्री शिक्षा नै हाम्रो ध्येय हो ।
कसरी विश्वास दिलाउन सक्नुहुन्छ की हामी बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं भनेर ?
हामी खुल्ला किताब जस्तै छौँ । हाम्रा हरेक गतिविधि पारदर्शी छन् । प्रत्येक तीन महिनामा अभिभावक र विद्यालयबीच अन्तरक्रिया र तालिमको आयोजना गरी विचारहरु आदानप्रदान गर्छौ । शिक्षक,
अभिभावक र विद्यार्थीबीच सामूहिक अन्तरक्रिया गरी सम्पूर्ण सुझावको सुनुवाई गछौँ । बालबच्चाको रुचि अनुसारको शिक्षामा हामी प्रतिवद्ध छौँ ।
युवालाई शैक्षिक नेतृत्व आएको छ , यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
अबको नेतृत्व अवश्य नै युवाको हो । युवाको सक्षम नेतृत्वले नै आजको युगको माग पूरा गर्दछ । हाम्रो सामूहिक नेतृत्व नै युवाको छ । युवाको जोश र जाँगरले नै आजको युगमा हाम्रो हिमाल हिमालजस्तै उच्च रहेको छ ।
युवाहरु कामभन्दा कुरा बढी गर्छन् भन्ने आरोप छ नि ?
ठिकै हो । केही युवामा त्यो पाईएला तर हिमालको सवालमा त्यस्तो होइन । हामी नयाँ सोचका साथ समाजका केही गर्नुपर्दछ भनि जन्मिएका हाँै । छोटो समयमै यति धेरै माया र स्नेह पाउनुमा हामी कुराभन्दा काम गरेर नै हो ।
निजी शिक्षण संस्थाहरु सेवामुखीभन्दा नाफामुखी देखिन्छन् भन्छन् नि ?
आरोपमा केही सत्यता होला । तर हामी समाजमा सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले हिमालको स्थापना गरेका हौँ । नाफा गर्ने सोच भए त । अन्य व्यवसाय थिए नि । विशुद्ध गुणस्तरीय प्रविधियुक्त सर्वसुलभ शिक्षा प्रदान गर्नु नै हाम्रो अभिप्राय हो ।
हिमाल अरुभन्दा फरक किन ?
हिमालको युवा समूह, विद्यालयको उच्च प्रविधियुक्त पूर्वाधार, आधुनिक पुस्तकालय, विज्ञान प्रयोगशाला, सामूहिक अन्तरक्रिया, शैक्षिक अवलोकन भ्रमण, परियोजना कार्य, दक्ष र तालिम प्राप्त शैक्षिक जनशक्ति,
संस्कार र संस्कृतियुक्त आधुनिक शिक्षा, बालमैत्री वातावरण, खेलकुद, जुनियर रेडक्रस सर्कल, ईको क्लव, स्काउट, ईन्टरयाक्ट क्लव, टिफिन सेभिङ फण्डलगायतका विविध पक्षहरु हिमालको मुख्य आधार स्तम्भहरु हुन् ।
के यि सबै सम्भव छन् ?
अवश्य सम्भव छ । सपना देखेर नै पूरा गर्ने हो । सपना अवश्य पूरा हुन्छन्  । केही सपना पूरा गर्दै आज यो स्थानमा आई पुगेका छौँ ।
विद्यार्थी संख्या बढाउने की गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने हो ?
हामी संख्यात्मकभन्दा पनि गुणात्मकतामा विश्वास गर्छौ । संख्या एकातर्फ छ भने गुणस्तर अर्कोतर्फ छ । हामी प्रत्येक कक्षामा निश्चित संख्यामा विद्यार्थी राख्छौँ । र विद्यार्थी संख्या हामीलाई पर्याप्त छ । हामी नयाँ सेक्सन थप गर्ने पक्षमा छैनौँ । हामीले केही कक्षाको भर्ना पहिले नै रोकिसकेका छौँ ।
अन्त्यमा छुटेको केही ?
अन्त्यमा, हाम्रो विद्यालयलाई यो अवसर दिएकोमा छोटो समयमै सबैको मन जितेको पत्रिका प्रदेश टुडेलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । अन्त्यमा हाम्रा सम्पूर्ण हितैषी शुभचिन्तक तथा अभिभावकहरुलाई साँच्चै हिमाल के हो त ? भन्ने लाग्छ भने हाम्रो विद्यालयमा आएर प्रत्यक्षरुपमा बुझ्न अनुरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *