संयुक्त विद्यार्थी संगठनको विश्वविद्यालयमा ज्ञापनपत्र

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, १३ साउन ।
संयुक्त विद्यार्थी संगठनले नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय दाङ रहेको र नेपाल सरकारबाट केन्द्रीय कार्यालय रहेकै स्थानमा मातहातका सम्पूर्ण ार्यालयहरु सोही स्थानमा हुनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले काठमाडौँमा रहेका विश्वविद्यालयका दुईवटा केन्द्र दाङमा तत्काल सार्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
संगठनको बिहीबार बसेको बैठकले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र हाल काठमाडौँमा रहि काम सञ्चालन भईरहेको हुँदा दाङमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट यथासिघ्र ति दुबै विभागका काम कारबाहीहरु अगाडि बढाउनुपर्ने कार्यलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ । माग कार्यान्वयन नभएमा संयुक्त विद्यार्थी संगठन र अन्य सरोकारवालासहितको निर्णय कार्यान्वयन गर्नको लागि आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । अनेरास्ववियु दाङका अध्यक्ष वीरबल खड्का, नेविसंघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, अखिल क्रान्तिकारी दाङका अध्यक्ष जंग रोका, अखिल (क्रान्तिकारी) दाङ विप्लव उपाध्यक्ष अनिल केसी, अखिल छैठौँ दाङका अध्यक्ष बसन्त आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।
यसैबीच नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ । विश्वविद्यालयको काठमाडौँमा रहेको संस्कृत अध्ययन केन्द्र र विश्वविद्यालयको अनुसन्धान केन्द्र दाङमै राख्न माग गरेर ज्ञापनपत्र बुझाइएको अखिलका जिल्ला अध्यक्ष वीरबल खड्काले बताए । उनले सरकारले समेत विश्वविद्यालय भएको जिल्लामै सबै कार्यालय रहनुपर्ने निर्णय गरेकाले त्यो कार्यान्वयन हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *