Sunday, April 14, 2024
HomeUncategorizedसंघीय महासंघको प्रदेश भेला

संघीय महासंघको प्रदेश भेला

- Advertisement -spot_img

बुटवल, ६ फागुन । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय खेलकुद महासंघको प्रदेशस्तरीय भेला आइतबार बुटवलमा सम्पन्न भएको छ । भेलाले वीरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उपेन्द्र यादव, राजकुमार हरिजन, मुख्य सचिवमा अफजल खान, सचिव अमरेश प्रताप सिंह, केशव कुमार सारु र कोषाध्यक्षमा मिना सोमै रहेका छन् । पार्टीका प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता एवं राजनीतिक समिति सदस्य सहशराम यादवको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य पूर्णबहादुर बस्नेत र वैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवारको व्यक्त गरेका थिए । प्रदेश समिति सदस्य हरिकला थापा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण हिमानी थापा मगरले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here