संघको तयारी बैठक

मुख्य खबर

तुलसीपुर, २४ बैशाख । प्रजातान्त्रिक उद्योगी ब्यवसयायी संघ तुलसीपुरले दंगीशरण गाउँपालिका– ६ श्रीगाउँमा बैशाख २८ गते शनिबारका दिन गर्न लागेको नव वर्ष २०७६ को शुभकामना तथा बृहत सभाको तयारी बैठक बसेको छ ।
संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रखरवक्ता नेपाली काँग्रेसका केन्द्रीय तथा पूर्वमन्त्री गगन थापा, दिपक गिरीको सहभागितामा हुने कार्यक्रमलाई भब्य बनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
बैठकले महासचिव झलक केसीको संयोजकत्वमा प्रचारप्रसार, कोषाध्यक्ष अमरराज लामिछानेको संयोजकत्वमा आर्थिक, उपाध्यक्ष गोकर्णप्रसाद गिरीको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति,
सदस्य ऋषिराज भण्डारीको संयोजकत्वमा साँस्कृतिक उपसमिति, उपाध्यक्ष बलिराम खत्रीको संयोजकत्वमा पार्टी तथा संघसंस्था समन्वय, उपाध्यक्ष पूर्णप्रसाद धितालको संयोजकत्वमा अतिथि सत्कार,
सचिव दिलबहादुर वलीको संयोजकत्वमा सचिवालय, बेनु अधिकारीको संयोजकत्वमा ब्याच ब्यानर तयारी, नविन बुढाथोकीको संयोजकत्वमा युवा व्यवसायी परिचालन, टिकाराम रोकाको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन, पवनराज बुढाथोकीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
कार्यक्रममा सफल बनाउन संघका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा विभिन्न उपसमितिहरु गठन गरेको संघका महासचिव झलक केसीले जानकारी दिए । बैठकले कार्यक्रममा सहभागी हुन सबैमा आग्रह पनि गर्ने निर्णय गरेको छ ।
यसैबीच प्रचार प्रसार उपसमितिको बैठक बसेको छ । उपसमितिका संयोजक झलक केसीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको प्रचार प्रसारलाई तिव्रता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *