- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरसंघको अध्यक्षमा गौतम

संघको अध्यक्षमा गौतम

- Advertisement -spot_img

घोराही, २० फागुन । स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा भुवन गौतम चयन भएका छन् । संघको आइतबार घोराहीमा भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा जितसागर जीएम, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा शरद रिजाल चयन भएका छन् । त्यस्तै संघको सदस्यहरुमा अंकित डिसी, कृष्ण चौधरी, उदिराम चौधरी, पनिता दाहाल रहेका छन् । अधिवेशनले केन्द्रीय पार्षदमा केवि मसाल, बंशिकुमार शर्मा र मदनकुमार आचार्यलाई चयन गरेको छ । त्यस्तै प्रदेश पार्षदमा विष्णुकुमार देवकोटा, सन्तराज भट्ट र सुनिलकुमार देवकोटा चयन भएका छन् ।
यसैबीच स्वतन्त्र पत्रकार संघ नेपाल दाङको प्रथम साधारणसभा तथा अधिवेशन आइतबार घोराहीमा भएको छ । संघका अध्यक्ष भुवन गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । अधिवेशनको उद्घाटन गर्दै प्रमुुख अतिथि पोख्रेलले राज्यले मिडिया तथा पत्रकारलाई फराकिले दृष्टिकोणले हेर्न नसकेको बताए । उनले पत्रकार र मिडियाले राज्यलाई सहयोग गरेको भएपनि राज्यले पत्रकारिता जगतलाई सहयोगमा कन्जुुस्याइँ गरेको बताए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्यतथ्य खबर बाहिर आउने बताए । कार्यक्रममा संघका केन्द्रीय महासचिव नवराज पहाडी, केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र पाण्डे, केन्द्रीय पार्षद डिआर सुमन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, राप्रपा दाङका अध्यक्ष नरेशजंग राना, नेपाल तरुण दलका अध्यक्ष टिका घर्ती, पत्रकार निरजा पोख्रेल, मीना गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बंशीकुुमार शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here