संघका पदाधिकारीलाई पदभार

फिचर मुख्य खबर

घोराही, १६ माघ । दाङ निर्माण ब्यवसायी संघका निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा ईश्वरबहादुर पुन, बरिष्ठ उपाध्यक्षमा पदमराज शर्मा, यसैगरी प्रथम उपाध्यक्षमा सुरेशप्रसाद पोखरेल, द्वितीय उपाध्यक्षमा मिनबहादुर घर्ती, महासचिवमा शोकबहादुर रोका निर्वाचित भएका थिए । कोषाध्यक्षमा सुदर्शन श्रेष्ठ, सचिवमा रमेशकुमार केसी, सहकोषाध्यक्षमा निरजकुमार कार्की निर्वाचित भएका छन् । संघको सदस्यमा प्रकाश केसी, हरिमाया खत्री, रोहित न्यौपाने, बसन्त कवर, लक्ष्मण बुढा मगर, मदनकुमार आचार्य, शंकरराज गौतम र भक्तबहादुर बुढा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट आएको नयाँ नेतृत्वलाई मंगलबार पद हस्तान्तरण गरिएको छ ।
निर्वाचन समितिले मंगलबार एक कार्यक्रमका आयोजना गरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहणसँगै तथा प्रमाणपत्र प्रदान र पद हस्तान्तरण गराएको हो । निर्वाचन समितिले एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण तथा सपथ खुवाएको हो । निर्वाचन समितिका संयोजक कुलबहादुर डाँगीको अध्यक्षता तथा नेपाल निर्माण ब्यवसायी महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यता एवं पूर्व केन्द्रीय सदस्य मीनकुमार वलीको विशिष्ट आतिथ्यतामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको हो । सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ईश्वरबहादुर पुनले सबै ब्यबसायीलाई मिलाएर लैजाने बताएका थिए । निर्वाचन समितिका सदस्य दिपक श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य मोहन केसीले गरेका थिए । यसैबीच निवर्तमान कावा अध्यक्ष गणेश गिरीले नवनिर्वाचित अध्यक्ष पुनलाई माइन्युट तथा चाबी प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *