श्रीमणीको ११औँ स्मृति दिवस

फिचर राजनीति

तुलसीपुर, ४ पुस । कम्युनिस्ट आन्दोलनका धरोहर श्रीमणी आचार्यको ११औँ स्मृति दिवस मनाइएको छ । जिललाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो । स्मृति दिवसमा सहभागीहरुले श्रीमणीले देखाएको बाटोमा कम्युनिस्टहरु हिड्नु पर्ने बताएका थिए । उनले देखाएको बाटोलाई पहिल्याएर हिडेमा मात्रै उनको स्मृति दिवस मनाउनु सार्थकता पाउने उनीहरुको तर्क थियो ।
श्रीमणी आचार्य स्मृति प्रतिष्ठानले ११औँ स्मृति दिवसमा मंगलबार तुलसीपुरमा कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासीले कम्युनिस्ट पार्टीलाई चलायमान बनाउन श्रीमणीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले देखाएको बाटोमा ईमान्दार र निष्ठाका साथ लागे सपना साकार हुने उल्लेख गरे । श्रीमणीको राजनीतिक चरित्रलाई पनि सबैले अनुशरण गर्नुपर्ने उनको भनाई थियो ।
श्रीमणीमा सहनशीलता र शून्यबाट पनि सतप्रतिशत सफलता हासिल गर्न सक्ने गुण रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले श्रीमणीजस्ता योद्धाकै कारण मुलुक अहिले आर्थिक समृद्धिको मार्गमा बढेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, उत्तरकुमार ओली, नेकपाका प्रदेश सदस्य रामजी चौधरी, शेषुराम भण्डारी, सरस्वती गौतम, युवा संघका प्रदेश नम्बर ५ प्रमुख मनोहर बुढाथोकी, तुलसीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङका लागि श्रीमणीले खेलेको भूमिकाको ब्याख्या नै गर्न नसकिने बताएका थिए । उनीहरुले आचार्यको योगदानको कदर गर्दै उनले देखाएको मार्ग पहिल्याउनु पर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष मेनका पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा छविलाल वली, टोपेन्द्र बहादुर खत्री, हुकुम बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा स्वर्गीय आचार्यकी धर्मपत्नी माया आचार्य, भरतराज शर्मा लगायतलाई सम्मान गरिएको थियो । नेकपाका नेता टिकाराम खड्काले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *