श्रमिक दिवस

सम्पादकीय

हरेक दिन कुनै न कुनै दिवस परिरहेकै हुन्छ । विषयगत रूपमा जोडिएका विषण दिवससँग सम्बन्धितहरूमा लागि ती दिवसहरू खास र विशेष हुन्छन् । नेपालमा सबैसँग जोडिएका सबैले अपनत्व लिने केही मात्रै त्यस्ता दिवस छन् ।
ती दिन खासका लागि मात्रै नभई सबका लागि हुने गर्दछन् । राज्यले महŒव दिएर मनाउने एउटा दिवस हो श्रमिक दिवस । प्रत्येक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरले गरेको संघर्षको सम्झना र आफ्ना हक अधिकार सुनिश्चित गराउन दबाव दिने उद्देश्यले यस दिनलाई उपयोग गरिदै आएको छ ।
नेपालमा वि.सं २००७ पछि मजदुर दिवस मनाउन आइएको छ । नेपालमा राजनीतिक परिवर्तन हुँदै जाँदा सार्वजनिक बिदा दिएर श्रमिक दिवस मनाउन थाल्नुले यसको महŒव सबैमा रहेको देखाउँछ ।
श्रमिकका हक अधिकार प्रत्याभूतिका लागि श्रम आयोग गठन, सामूहिक सौदाबाजीका अधिकार तथा संविधानले प्रत्याभूत गरेको हक अधिकार, श्रम ऐन र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन नै अहिलेका श्रमसँग सम्बन्धित चासोका विषय हुन् ।
मुलुकभित्रै रोजगारीका अवसर सिर्जना, आन्तरिक श्रम बजार व्यवस्थित गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने अहिलेका चुनौती हुन् । नेपालमा रोजगारीको स्थिति र श्रमिक, कामदारको अवस्था भने सन्तोषजनक छैन ।
श्रम शक्तिको आपूर्ति र मागमा ठूलो अन्तर छ । श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रम शक्ति थपिन्छन् । आन्तरिक श्रम बजारमा अवसर सिर्जना कम छ । त्यसका कारण प्रत्येक वर्ष लाखौं युवा रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ ।
नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७४ लागू भइसकेका छन् ।
श्रमको सम्मान अझै पनि हुन सकेको छैन । समान श्रमको समान मूल्यांकन नहुँदा धेरै श्रमिकहरुले उचित पारिश्रमिक पाएका छैनन् । राज्यले विभिन्न नीति नियमहरुलाई कार्यान्वयनमा ल्याउन खोजे पनि त्यसले पूर्णता पाएको देखिदैन ।
एकातिर श्रमको मूल्यांकन छैन भने अर्काेतर्फ रोजगारीको अवसर पनि कम छ । राज्यले आम नागरिकबलाई उपयोग गर्ने गरी रोजगारको सिर्जना गर्नसकेमा देश आर्थिक समृद्धि जाने छ भने अर्काेतर्फ श्रमिकहरुले पनि उचित मूल्य पाउने छन् ।
मुलुकभित्रै पर्याप्त रोजागरीका अवसर सिर्जना गर्नु र श्रमिक तथा कामदारको हकहित र अधिकार संरक्षण गर्नु तथा उनीहरूको पेशागत र सामाजिक सुरक्षा सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यो तर्फ श्रमिकका ट्रेड युनियनहरू र राज्य लाग्नुपर्छ । श्रमिकको सामाजिक र आर्थिकस्तरमा सुधार ल्याइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *