श्रमिक दिवसको सार्थकता्

सम्पादकीय

श्रमिक महिलाहरुको नाममा मार्च ८ मा भब्यरुपमा मनाइएको छ । महिलाका हकअधिकार र अस्तित्वको नारा लगाउँदै यो वर्षमा पनि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाईएको छ । तर नाम श्रमिकको भए पनि दिवसमा भने श्रमिक महिलाहरुको सहभागी शुन्य प्रायः देखियो । यो अवस्थाले दिवस हुँदा खाँदाको हितमा भन्दा पनि हुनेखाने र सुकिला मुकिलाका लागि मात्रै हुने अवस्था देखिएको छ । दिवसका अवसरमा हुने अधिकांश कार्यक्रम श्रमिक र वास्तविकभन्दा पनि सुकिला मुकिलाकै बढी सहभागिता देखिदा खास अधिकारको आवश्यकता गर्ने र वास्तविक श्रमिकहरुलाई दिवसको सार्थकता बुझाउन सके मात्रै हरेक वर्ष आउने श्रमिक महिला दिवसले अर्थ राख्ने छ

महिलाहरुमा समानता आउनुपर्छ । समानताका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका पनि खेल्न सक्नुपर्छ । तर पछि परेका विपन्न र खास श्रमिकलाई वेवास्ता गरेर पार्टी प्यालेस, ठूला होटलमा दिवसका नाममा हुने विकृतिले पछिल्लो समय अराजकता बढाउँदै गएको छ । दिवस मनाउने सुकिला मुकिला महिलाहरुको सक्रियता बढ्दै जाँदा श्रमिकहरुका आउने हरेक अवसर गुमिरहेको र दिवसहरुले पनि प्रभावकारिताको आवश्यकता महसुस गर्न नसक्ने अवस्था बढिरहेको छ ।
त्यो अवस्थालाई समयमै सोंच्न सक्ने हो भने यस्ता दिवसहरुको उद्देश्य पूरा हुनेछ । बजारमा सुकिला मुकिला महिलाहरु दिवसको नाममा ठूला–ठूला भाषण गर्ने तर खास श्रमिक महिलाहरु दिवसको अनुभूति नै गर्न नपाउने अवस्था आएको छ । तर उनका नाममा भएको दिवस अरुले मनाउने हुनुहुँदैन । श्रमिकहरुको सम्मान हुने गरी दिवसहरु मनाउनसकेमा र श्रमिकहरुलाई अधिकारको सुनिश्चित गर्नतर्फ लाग्नुपर्छ ।
१०९औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तामझामका साथ मनाइरहदा वास्तविक श्रमिक तथा समाजमा पीडित महिलाहरु यसको नामसमेत सुन्न नपाएको देखिन्छ । महिलाहरुका लागि विशेष महŒवपूर्ण मानिने नारी दिवसको मुख्य सार्थकता प्रष्ट देखिनुपर्छ । सबैलाई एकनासको अधिकार र सम्मानजनक वातावरणको व्यवस्था गर्नुपर्छ । तर अहिले यो वातावरण नदेखिनु दुखद् छ ।
गाउँबस्ती र हरेक कुनामा रहेका सबै वर्ग, सबैस्तरका महिलाहरुमा समानताको वातावरण सिर्जना हुँदैन तबसम्म नारी दिवस मनाउनुको कुनै अर्थ राख्दैन । सुविधा समपन्न होटलमा मनाइने नारी दिवसले पनि कुनै अर्थ राख्दैन । दिवसलाई सार्थक बनाइने हो भने श्रमिकका बस्तीमा, गाउँ र कार्यथलोमा गएर उनीहरुको सहजता र योग्यता अनुसारको कामको ब्यवस्था गरी मनाउन सक्नुपर्छ ।
राज्यले त्यसतर्फ सोंचेर बढेमा मात्रै हुँदा खाँदाहरुको जीवनमा परिवर्तन आउन सक्नुपर्छ । दिवसलाई यसलाई सार्थक बनाउनका लागि प्रत्येक महिलाहरुको आत्मविश्वास, क्षमता विकास, स्वाभिमान बनाउनका लागि सबै सरोकारवाला निकाय, महिला अधिकारकर्मीहरु समयमै लाग्नुपर्दछ । होइन भने नारी दिवस मनाउनु नै व्यर्थ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *