- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरश्रमजीविको अधिकार स्थापित हुनुपर्छः आचार्य

श्रमजीविको अधिकार स्थापित हुनुपर्छः आचार्य

- Advertisement -spot_img

श्रमजीविको अधिकार स्थापित हुनुपर्छः आचार्यतुलसीपुर, २८ साउन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकारहरुको अधिकारका लागि आन्दोलन आवश्यक भएको बताएका छन् । उनले श्रमजीविको हक र अधिकारलाई महासंघले आन्दोलन थालिनेसमेत बताए ।
रिपोर्टर्स क्लव दाङले सोमबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष आचार्यले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने बताए । उनले श्रमजीवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु हुने जानकारी गराए ।
श्रमजीवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भएपनि आन्दोलन नरोकिने प्रष्ट पारे । आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दाबी गरे । पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधी कानूनलाई कहिल्यै नमान्ने जिकिर गरे ।
सत्तामा पुग्ने हरेक राजनीतिक दलले प्रेसलाई कुण्ठित गर्ने तथा प्रेस स्वतन्त्रता विरोधी कानून ल्याउन खोज्ने गरेको भन्दै त्यसका विरुद्ध सदैव लागि रहने बताए ।
आचार्यले महासंघ अहिले सरकारका तीनै तहले ल्याउने प्रेस कानूनका बारेमा लागि परेको भन्दै सबै तहले प्रेसमैत्री कानून ल्याउने विश्वाससमेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलनका कारण सरकार पछि हटेको दाबी गरे । सरोकारवालाहरुसँग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानून महासंघलाई मान्य नहुने बताए ।
महासंघ अहिले महासंघको भावी रणनीति, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेकोसमेत दाबी गरे । रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका महासचिव बिमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here