- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरशैक्षिक सुधार गर्न अनुगमन

शैक्षिक सुधार गर्न अनुगमन

- Advertisement -spot_img

मसुरीया (दाङ), ३ मंसिर । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाले विद्यालयहरुमा अनुगमन सुरु गर्दै आईरहेको अवस्थामा आइतबार श्री शंकर माध्यमिक विद्यालय पिपरी तथा नुतन प्रावि सिङ्गेको अनुगमन गरिएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, प्रवक्ता विद्याशरण चौधरी, शिक्षा शाखा संयोजक राजेन्द्र घिमिरे, सञ्चार संयोजकलगायतको अनुगमनमा सहभागिता रहेको थियो ।
विद्यालयको शैक्षिक अवस्था, विद्यालयको ब्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थीको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मूल्यांकन गर्नका लागि गाउँपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार राप्ती गाउँपालिकाभित्रका सरकारी विद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरुलाई सोमबार बिहान ७ बजे गाउँपालिकामा बैठकको आह्वान गरिएको र उक्त बैठकमा विद्यालयको शैक्षिक अवस्था, विद्यालयको ब्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको क्षमता तथा विद्यार्थीको शैक्षिक क्षमता अनुसार विषयगत शिक्षकको मूल्यांकन गर्नका लागि आग्रह गरिने समेत बताइएको छ । अनुगमनको क्रममा कक्षागत रुपमा विद्यार्थीसँग सोधपुछसमेत गरिएको छ । शिक्षकको नियमितता, पोशाक, शिक्षकको शैक्षिक योजना, विद्यालय क्षेत्रको सरसफाई, लगायतको विषयमा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here