- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरशैक्षिक सुधारमा छलफल

शैक्षिक सुधारमा छलफल

- Advertisement -spot_img

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ ले अन्तर्राष्ट्रिय युवा वर्ष मावितोषको बुधबार अनुगमन गरेको छ । वडा अध्यक्ष हर्क जिएमको नेतृत्वमा गएको टोलीले विद्यालयको अनुगमनसँगै, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीसँग शैक्षिक सुधारका बारेमा छलफलसमेत गरेको थियो । अनुगमनमा शिक्षकहरु नियमित उपस्थित नहुने, विद्यार्थीलाई गृहकार्य नदिने, शिक्षकको हाजिर नभएको र विद्यालयमा अतिरिक्त क्रियाकलाप नभएको फेला पारेको अध्यक्ष जिएमले बताए । ‘विद्यालयमा देखिएका कमजोरी सुधार गर्न विद्यालयका प्रधानाध्यापक र विव्यसका अध्यक्षलाई निर्देशन दिने काम गरेका छौ’ अध्यक्ष जिएमले भने । अनुगमनमा विद्यालयका प्रधानाध्यापक हिमाल शाह र विव्यसका अध्यक्ष प्रेम घर्तीले विद्यालयमा विषयगत शिक्षक नभएको, खानेपानी र विज्ञान विषयको लागि शैक्षिक सामाग्री नभएको भन्दै व्यवस्था मिलाउन वडा अध्यक्षलाई अनुरोध गरेका थिए । अनुगमनमा वडा सदस्यहरु टंक रोका, जंग रोका र वडा सचिव भिमबहादुर केसीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here