शैक्षिक महोत्सवमा दानवीर बढ्दै

समाज

तुलसीपुर, १० माघ । प्राविधिक शिक्षालय निर्माणका लागि मावि अश्वारामा लगाइएको धार्मिक महायज्ञ तथा शैक्षिक महोत्सवमा दानवीरहरु बढ्दै गएका छन । राजनीतिज्ञदेखि सामाजिक नेतृत्व गर्नेहरुको महोत्सवमा दान गर्न लर्काे लागेको छ । माघ ५ गतेदेखि सुरु भएको महोत्सवमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले ५१ हजार, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ५१ हजार, प्रदेश सांसद उत्तरकुमार वलीले ५५ हजार ५ सय ५५ रुपैँयाँ सहयोग गरेका छन् । गिरी र शर्माले केहि दिन अघि सहयोग गरेका हुन भने वलीले बुधवार गरेका हुन् ।
महोत्सव स्थलमा पुगेर सहयोग गरेका वलीले सरकारी र निजी विद्यालयबीचको खाडलपूर्ण आफू सधैँ सक्रिय हुने बताए । सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने उनको भनाइ थियो । अबको केही बर्षमा सामुदायिक विद्यालयमा भर्ना गर्नेको लहर आउने र शिक्षा नीति ब्यवहारिक बन्ने बताए । शैक्षिक महोत्सवमा बुधबार राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *