शैक्षिक गुणस्तरका लागि वेष्टर्न कलेजमा अन्तरक्रिया

फिचर मुख्य खबर

तुलसीपुर, १० असोज । तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको वेष्टर्न नेपाल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा शैक्षिक गुणस्तरका लागि प्रशिक्षक, प्रशिक्षार्थी, विषयविज्ञ र विद्यार्थीबीच अन्तरक्रिया भएको छ । कलेजले इलेक्ट्रिकल तथा सिभिल इन्जिनियरमा अध्ययरत विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सहजता ल्याउनका लागि अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा विद्यार्थीले अध्ययन गर्ने क्रममा देखिएका समस्या समाधान गरी शैक्षिक गुणस्तरका विषयमा विषयविज्ञलाई जानकारी गराएका थिए । सहभागीले अध्ययन पश्चात् लिन सकिने फाइदाका पनि जानकारी प्राप्त गरेका छन् ।
कलेजका प्रिन्सिपल ओमकार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीको प्रमुख आतिथ्यता एवं विद्युत प्राधिकरण तुलसीपुरका प्राविधिक टिकाराम गिरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कलेजका प्रशासकीय प्रमुख ईश्वरीप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको अन्तरक्रिया कार्यक्रममा सिभिल इन्जिनियरिङका विषयमा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीले शैक्षिक गुणस्तरका लागि विद्यार्थीमा उत्सुकता बढी हुनुपर्नेमा जोड दिए ।
उनले शिक्षक र विद्यार्थीको पारस्परिक सम्बन्धले नै अध्ययनमा देखिएका समस्यालाई तत्काल सहज हुने शैक्षिक गुणस्तर आउने बताए । तुलसीपुर वितरण केन्द्रका प्राविधिक टिकाराम गिरीले इलेक्ट्रिकल विषयमा जानकारी दिदै विद्यार्थीले अध्ययनसँगै रोजगारीमा पनि जोडिन सक्ने बताए । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *