- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारशुभ तिहार

शुभ तिहार

- Advertisement -spot_img

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार मध्यभागमा छ । सबै हिन्दूहरू अहिले तिहारको माहोलमा झुलिसकेका छन् । हिन्दू धर्मालम्बीहरू तिहारको मध्यभागमा रमाईरहेका छन् । तिहारलाई यमपञ्चक पनि भनिने गरिन्छ । तिहार विशेषगरी दीप र फूलको चाड हो । घर–घरमा दिपावली गरेर मनाइने यस चाडलाई पछिल्लो समय विकृतितर्फ लैजान थालिएको आलोचना पनि बढिरहेको छ । चाडपर्वहरू भनेका समाजका मूल्य मान्यता हुन् । यिनलाई विकृतितर्फ भन्दा पनि परम्परा, संरक्षण, प्रवद्र्धन गर्न आवश्यक छ । यसको निरन्तरता, विकास र सुधार आमसमुदायकै दायित्व पनि हो ।
चाडपर्वहरूको संरक्षण र सँवद्र्धन गर्नु समाजको जिम्मेवारीभित्र पर्छ । साँस्कृतिक, सामाजिक मूल्य र महŒव बोकेका चाडपर्वलाई विकृततर्फ जान दिनुहुँदैन । अराजकउन्मुख गराउन हुँदैन । यस्तो हुन नदिन र हुन नदिनुलाई दायित्वको रूपमा लिनुपर्छ । दिदीबहिनी र दाजुभाइको सद्भाव र एकताको पर्व तिहार हो । दाजुभाइ, दिदीबहिनीले निधारमा सप्तरंगी टीका र कहिल्यै नओइलाउने फूलको माला लगाइदिएपछि यस चाडलाई समापन गरिन्छ । त्यसअघि, यमपञ्चकको पहिलो दिन खबर बोक्ने कागलाई पूजा गरिन्छ । दोस्रो दिन सुरक्षा गर्ने कुकुर, तेस्रो दिन लक्ष्मी र गाईको पूजा गरिन्छ । चौथो दिन गोरूको र पाँचौं दिन विशेष दिनका रूपमा रहने गर्छ, जुन दिन भाइटीकाका नामले परिचित छ । चाडपर्वसँगै उच्छृङ्खल गतिविधि बढ्ने र जुवातासको विकृति पनि बढेको देखिन्छ । यसका कारण परिवार, आफन्त, छरछिमेकमा समेत बेला–बेला समस्या देखिने गर्दछ । चाडका बेलामा पटकाजन्य पदार्थको प्रयोग पनि व्यापक हुन्छ । त्यसले दुखद् दुर्घटना हुने खतरा बढाइ रहने हुँदा यसको न्यूनीकरणको आवश्यकता छ । पटकाकै कारण कोही पनि समस्यामा पर्न दिनुहुँदैन ।
महत्वपूर्ण संस्कार, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्दै सद्भावका पर्वहरूलाई बेतिथितर्फ हैन थितितर्फ राख्न सक्नुपर्छ । तिहार आपसी सद्भाव साटासाट गर्ने, देउसी–भैलो खेलेर रमाइलो गर्ने र मित्रतालाई प्रगाढ बनाउने पनि हो । विशेषगरी हिन्दू मात्रको महान चाडमध्ये उज्यालो, र फूलसँगको चाड दिपावली हो । तिहारलाई यही उद्देश्य र लक्ष्यमा मनाउनु पर्छ । आपसी सद्भाव, सहयोग र समन्वयको चाडका रूपमा मनाऔं । हाम्रा संस्कृतिमा भित्रिएका र भित्रिन सक्ने नकारात्मक प्रवृत्तिहरूलाई त्याग्ने र हटाउनेतर्फ सबै लागौं । समस्त हिन्दू धर्मालम्बीहरूमा तिहार अर्थात् यमपञ्चकको हार्दिक शुभकामना । तिहार सबैमा शुभ बन्न सकोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here